बुबाको अन्तिम संस्कार हेरेर पनि सहभागी हुन पाएनन्, यसरी टुट्यो रोटिबेटीको सम्वन्ध
चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालको पुरानो, सांस्कृतिक सम्बन्ध छ । तिब्बतियन नागरिक र नेपाली नागरिक सदियौंदेखि रोटीबेटीको सम्वन्धमा वाँधिएका छन्।
नेपालका छोरिचेली तिब्बतमा र तिब्बतका छोरिचेली नेपालमा विवाह गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ। तिब्बतीयनसँग नेपालीहरुको रहनसहन, भेषभुषा, रहनसहन र भाषा पनि मिल्ने भएकाले यो सम्वन्ध चलिआएको हो । यतिमात्र होईन, व्यापार÷व्यवसायका लागि पनि नेपाली नागरिक सिमा पारी जाने र चीनियाँ नागरिक सिमा वारी आउने वातावरण थियो ।
विशेष गरी तातोपानी र खासा क्षेत्रका नागरिक सामाजिक, सांस्कृति तथा ब्यापारिक हिसाबले एकअर्कासँग जोडिएका छन् । तर, विगत केही वर्षदेखि भने चीनले यो सम्वन्धलाई स्विकार्न सकेको छैन। यो सम्वन्ध टुटाउनकै लागि चीनले खासामा रहेका चीनियाँ नागरिकलाई ८ सय किलोमिटर माथि सिगात्से भन्ने ठाउँमा सारेको छ। यसले गर्दा तिब्बतियन नागरिकसँग विवाह गरेका नेपाली छोरिचेली माईती आउन पाएका छैनन् ।
यसैगरी, चीनमा व्यापार÷व्यवसाय गर्न गएका नेपाली दाजु÷भाइ पनि आफनो जन्मभुमि गाउँ फर्कन पाएका छैनन् । उनिहरु आफनो आमा, बुबा, आफन्तको निधन हुँदा काजक्रिया गर्न समेत नेपाल आउन पाएका छैनन् । यो अवरोध ०७२ साल वैशाख १२ गतेको विनासकारी भुकम्पपछि सुरु भएको हो । भुकम्पपछि चीनले सडक तथा पुलमा क्षती भएको जनाउँदै आउत जावतमा अवरोध गर्यो भने त्यसपछि कोरोनाको वहाना वनाएर नेपली र तिब्बतियन नागरिकलाई भेटघाटमा अवरोध गर्दै आएको छ। विगत ७ वर्षमा सिमा वारी–पारी अनेकौं घटना घटे होलान। विभिन्न उत्सवहरु पनि मनाइयो होला। तर, त्यसमा सरिक हुन दुवै देशमा रहेका आफन्तले पाएका छैनन् ।
सिमापारी आफना आफन्तलाई केही भए पनि नेपाली नागरिकले भेटन÷देख्न पाउदैनन् । त्यस्तै सिमावारी केही भए पनि पारीबाट वारी आउन पाइदैन ।
चीनले खासाको वस्ति नै उठाएर सिगात्छे भन्ने ठाउमा पुर्याएको छ । विगत ७ वर्षदेखि आफनो कर्मथलो भन्दा टाढा छन, नेपालि छोरिचेली र दाजुभाई । उनिहरुलाई स्थानीय ठाउमा फर्कन प्रशासनले रोक लगाएको छ । विभिन्न प्रकारका धम्की दिईएर उनीहरुको वोली वन्द गरिएको छ।
कोरोनालगायत विभिन्न वाहानामा चीनले नेपाली नागरिकलाई आफनो देश पनि फर्कन दिएको छैन। आफना छोरीचेली तथा दाजुभाईसँग वर्षौदेखि भेट÷सम्पर्क गर्न नपाउँदा नेपाल तथा चीनमा रहेका आफन्त भावविह्वल छन।
तातोपानी गाउँपालिकाका सदस्य सोनु शेर्पाका अनुसार सीमा वारी–पारी वैवाहिक सम्बन्ध गाँस्ने चलन पुरानो हो। चीनका छोरीचेली नेपालमा र नेपालका छोरिचेली चीनमा विवाह गर्ने चलन छ। उनका ४ दिदी–बहिनी चीनियाँसँगै विवाह गरेर गएका छन् । तर विवाह गरेर गएपछि उनिहरु नेपाल आउन पाएका छैनन् । आफनै आमा, भाउजु र दाईको निधन हुँदा समेत उनीहरुले आफनो परिवार भेटन पाएनन् । सोनु भन्छन–‘हाम्रा दिदीबहिनी पशुपन्छी जस्तै भए, भेटन नपाइने । सास हुन्जेल आश हुन्छ, एकदिन भेटन पाइएला भनेर आश गरेर वसेका छौं।’
सोही गाउँपालिकाकी कान्छी शेर्पाले कान्छी छोरी नभेटेको ७ वर्ष भन्दा बढि भयो। चीनियाँ नागरिकसँग विवाह गरेर गएकी छोरी फेरी फर्केर आएकी छैनन्। ७ वर्षभन्दा लामो समयदेखि छोरी भेटन नपाउँदा कान्छिको मन अतालिन्छ । तर, उनीसँग विकल्प छैन। उनी पनि एकदिन त छोरीसँग भेट होला नी, भन्ने आशमा छिन् । छोरी आफनो परिवार भेटन नेपाल किन आउन नपाएको न कान्छि शेर्पालाई थाहा छ, न उनकी छोरि कान्छीलाई नै ।
अर्का स्थानीय नालदेन शेर्पाकी पनि एउटी दिदीको विवाह चिनियाँ नागरिकसँग भएको छ। तर, विवाहपछि नालदेनले आफ्नी दिदी भेटन पाएका छैनन् । ०७२ सालको भुकम्पपछि आफुले दिदीलाई भेट्न नपाएको उनले वताए । दिदीहरु आफु वसिरहेको ठाउँ छोडेर अन्तै गएका कारण उनीहरुको अवस्थाका वारेमा पनि नालदेन अनविज्ञ छन् ।
भोटेकोशीकै नोरसङ शेर्पाका पनि धेरै जस्तो दिदिबहिनी र आफन्त चिनमा छन् । तर उनीहरु कुन अवस्थामा छन् नोरसङलाई थाहा छैन। विगत ६÷७ वर्षदेखि उनीहरुसँग भेट नएको उनले वताए । के कारणले आफन्तलाई नेपाल आउन नदिइएको भन्ने जानकारीसम्म छैन, उनलाई । उनी पनि कुनै दिन त आफन्तसँग भेट होला भन्ने आशामा छन्।
छेवाङ्ग दोर्जे शेर्पाका पनि अधिकांश आफन्त चीनमै छन्। कोही विवाह गरेर गएका छन् भने कोही व्यपार÷व्यवसाय गर्न। तर, ति आफन्त विगत ७ वर्षदेखि नेपाल आउन पाएका छैनन् । उनिहरुलाई शिखार च्छे भन्ने ठाउमा क्याप स्थापना गरी राखिएको भन्ने मात्र उनले सुनेका छन् । गत वर्ष उनका बुबा बिते रे । तर पनि उनका दाई बुबाको काजक्रिया गर्न नेपाल आउन पाएनन् । उनले चीनकै भुमिमा बसेर बुबाको अन्तिम संस्कार हेरे । आफना आमा बाबु बित्दा छोरा छोरी सात समुन्द्र पारीबाट आउँछन। तर दोर्जका दाईले आफनो बुबाको अन्तिम संस्कार हेरेर पनि सहभागित जनाउँन पाएनन् ।
उनका दाईले चीनको स्थानिय प्रशासनमा बुबाको अन्तिम सस्कारको लागि नेपाल पठाउन निकै अनुनय विनय गरे। तर पनि उनलाई नेपाली भुमि प्रवेश गर्ने अनुमति दिईएन । उनी नेपालि नागरिक थिए, व्यापार व्यवसाय गर्न चीन गए, तर उतै थुनिए। ‘यो भन्दा ठुदो हृदयविदारक घछ्ना अर्को के होला ?’– छेवाङ्गले प्रश्न गरे।
यी त उदाहरण मात्रै हुन । चीनको अमानविय नाकावन्दीका कारण यस्ता थुप्रै घटना घटेका छन्। तर, नत चीनतर्फबाट केही गर्न सक्ने अवस्था छ, नत नेपालतर्फबाछ ।