कभर स्टोरी

कतारस्थित तालिबान दूतावासद्वारा पाकिस्तानबाट अफगान शरणार्थीहरूलाई देश निकालाको बिरोध प्रकट

कतारस्थित तालिबान दूतावासद्वारा पाकिस्तानबाट अफगान शरणार्थीहरूलाई देश निकालाको बिरोध प्रकट

कतारमा रहेको तालिबान दूतावासले पाकिस्तानबाट अफगान शरणार्थीहरूलाई एकतर्फी र जबरजस्ती निर्वासन गर्ने बारे सबै कूटनीतिक र अन्तर्राष्ट्रिय संगठनहरूलाई चिन्ता व्यक्त गर्दै ज्ञापनपत्र  पठाएको छ।

 

तालिबान दूतावासले नोभेम्बर 6 मा सबै कूटनीतिक नियोग र दूतावासहरूलाई ज्ञापनपत्र पठाएको छ जसमा पाकिस्तानद्वारा अफगान शरणार्थीहरूलाई दुर्व्यवहार र जबरजस्ती निष्कासन गरिएको उल्लेख थियो।

 

ज्ञापनपत्रमा अफगान शरणार्थीहरूलाई जबरजस्ती निर्वासनका क्रममा पाकिस्तानको अपर्याप्त व्यवस्थापनको निन्दा गरिएको छ। ज्ञापनपत्रमा पाकिस्तानले अफगान सरकारसँग परामर्श नगरी निर्वासन प्रक्रिया अघि बढाएको आरोप पनि लगाएको छ ।

 

अफगान दूतावासले अफगान शरणार्थीहरूलाई देश निकाला गर्ने निर्णयबाट उत्पन्न मानवीय संकटको लागि पाकिस्तानलाई जवाफदेही बनाउन माग गरेको छ। दूतावासले अफगान शरणार्थीहरूको अधिकार र मर्यादाको रक्षा गर्न अन्तर्राष्ट्रिय समुदायसङग पनि आग्रह गरेको छ।

 

३ नोभेम्बरमा पाकिस्तानी अधिकारीहरूले अफगानिस्तान फर्केका १२ हजार ६ सय ८९ जना बाहेक अन्य १ लाख ६० हजार ६३८  अफगानीहरूलाई पनि पाकिस्तानबाट अफगानिस्तान फर्काएका छ्न। जसमा ४४,७१८ पुरुष, ३३,६९९ महिला र ८२,२२१ बालबालिका रहेका छन् ।

 

अफगान नागरिकहरूको सामूहिक निर्वासनले अफगान समाजमा गहिरो प्रभाव पारेको छ, किनकि यसले हजारौं व्यक्ति र परिवारहरूको जीवनलाई अस्तव्यस्त पारेको छ र अफगानिस्तान फर्कन बाध्य छन्। अफगानिस्तान सरकारले यी व्यक्तिहरूलाई समाजमा पुन: एकीकरण गर्ने र तिनीहरूलाई आवश्यक सेवाहरू उपलब्ध गराउने चुनौती सामना गरिरहेको छ।

 

तालिबान सरकारको कतारमा रहेको कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संगठनहरूसँगको सञ्चारले यो मुद्दामा अन्तर्राष्ट्रिय समर्थन र ध्यान जुटाउन चाहेको देखाउँछ। अफगानिस्तान सरकारले निर्वासन संकटबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न र आफ्ना नागरिकहरूको अधिकार र मर्यादाको रक्षा गर्न अन्तर्राष्ट्रिय सहयोग खोजेको छ।

विशेष