बलात्कारलाई ‘हल्काफुल्का’ भन्ने सोविता ट्वीटरको आलोचनामै तिलमिलाईन
फेसवुकमा कमेन्ट गरेपछि ब्याचलर पढ्ने छात्राको जिवन नै सिद्याउने धम्की

‘जवसम्म बलात्कृत महिलाको शरीरमा कुनै पनि हानीनोक्सानी भएको छैन, बलात्कृत भईसकेपछि पनि उसलाई केही पनि भाको छैन भने बलात्कृत हुनु र उसलाई कसैले झापड लगाउनुमा कुनै पनि फरक छैन।’
यो वाक्यांश कुनै पनि बलात्कार घट्नाका पीडक वा अदालतमा वहस गर्नका लागि उसले नियुक्त गरेको वकिलको होईन। यो भनाई हो– वर्तमान सांसद एवम् तत्कालिन कानुन ब्यवसायी सोविता गौतमको।
गौतमले चार वर्षअघि एउटा अन्तरवार्ताका क्रममा यो अभिब्यक्ति दिएकी थिईन। उनको विचारमा बलात्कार हुनु वा कसैले एक झापड हान्नुमा कुनै फरक छैन। दुवै घट्ना हुन र दुवै घट्नालाई महिला हिंसा अन्तर्गत हेर्नु पर्छ। ‘त्यो बलात्कृत हुनु पनि एउटा घट्ना थियो र झापड लगाउनु पनि एउटा घट्ना थियो। दुवै महिला हिंसा अन्तर्गत पर्ने कुराहरु हुन’ उनी भन्थिन–‘उसको शरीरमा कुनै पनि हानीनोक्सानी छैन। उसलाई कुनै एउटा समयमा दुर्व्यवहार भएको थियो तर त्यस पछाडिको उसको जिन्दगी त स्वतन्त्र छनी त। उसले जे पनि गर्न सक्छे, उसलाई केही पनि नराम्रो कुरा छैन।’
कानुनले जघन्य अपराधका रुपमा ब्याख्या गरेको बलात्कार जस्तो विषयलाई पनि सामान्य र हल्काफुल्का ढंगले विश्लेषण गर्ने तिनै गौतम अहिले आफुमाथि आई पर्दा भने तिल्मिलाएकी छिन् । अर्काको श्रीमान खोसेको आरोप लगाएर सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि उनले देशैलाई मुद्दा हाल्ने धम्की दिएकी छिन् भने ब्याचलर पढ्ने छात्राको जिन्दगीनै समाप्त पार्ने आसयको चेतावनी दिएकी छिन्।
‘एउटा पढिरहेको विद्यार्थी/वहिनीले -यान्डम कमेन्ट गर्याछ क्या, त्यो न्युजहरुको जस्तै गरी। अनि मैले उसको प्रोफाईल हेरे मैले। पढिराखेको रछ, क्याम्पसमा पढिराखेको छ। सेकेन्ड इयर-थर्ड इयरतिर पढिराखेको छ ब्याचलर। मैले त अव केस गर्नेवाला छु, अव उल्लाई थाहा पनि छैन होला की उसको जिवन के हुनेवाला छ भनेर।’
रास्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले आफ्नो विवाहकाबारे समाजिक सञ्जालमा आलोचना हुन थालेपछि एक पडकास्टमा यसरी कानूनी कारबाहीमा जाने बताएकी हुन्। ‘जो जसले नभएका कथा बुनेर लेखेका छन्, सबैबारे नोट डाउन गरेको छु। यो देशमा कानून छ। कानूनी कारबाहीमा जान्छु।’– उनले भनेकी छिन्।
आफू जापान भ्रमणमा रहँदा यता नेपालमा आफ्नो विवाहबारे अनर्गल प्रचार फैलिएको र बुवाले फोन गरेर ‘आमा मरी भने थाहा छैन’ भनेर फोन गरेको भन्दै उनी भावुक बनिन्। बलात्कार जस्तो विषयलाई सामान्य रुपमा लिएर अगाडि वढ्नुपर्छ भन्ने गौतमले आफ्नो आलोचना हुँदा भने मेरो पनि परिवार छ, वुवा आमा हुनुहुन्छ, मेरो वुवाआमाको मन कति रोयो होला भनेर पीडा भएको वताएकी छिन्।
‘त्यो कुराले मेरो आमालाई, मेरा वुवालाई, मेरो भाईलाई, मेरो परिवारमा कति असर पर्यो होला ? त्यो कसैले इम्याजिन पनि गर्न सक्दैन। कति गाह्रो भईराखेको होला ? ज–जल्ले लेखेका छन् तिनिहरुका चै वावुआमा छैनन् होला ?’ उनले भनेकी छिन्–‘मेरो आमाको हृदय जति भाँचियो, मैले तिनीहरुलाई क्षमा गर्न सकौंला ?’
सोविताले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी थिइन्। चितवनका गृहेन्द्र र सोविताको विवाह भएको सार्वजनिक भएसँगै सोवितामाथि सामाजिक सन्जालमा आक्रमण बढेको थियो। गृहेन्द्रको यो दोस्रो विवाह हो। पहिलो विवाह असफल भएपछि एक्लै रहेका गृहन्द्रका एक छोरी र एक छोरा रहेको वताईएको छ।
तर, सोविताको कारण सम्बन्ध विच्छेद भएको भन्दै उनीमाथि साइबर बुलिङ र साइबर आक्रमण बढेको थियो।
यो पनि,
- सोविता गौतमको चेतावनीः मेरो चरित्र हत्या गर्ने कसैलाई छोड्दिन
- प्रचण्डका भान्जासँग सुटुक्क विवाह गरेर श्रीमान लिएरै जापान पुगिन सोबिता