कभर स्टोरी फोटो

प्रधानमन्त्री सुनको कडा चीनविरुद्ध टिप्पणी, बेलायती संसदका कर्मचारी बेइजिङको संदिग्ध जासूसी

प्रधानमन्त्री सुनको कडा चीनविरुद्ध टिप्पणी, बेलायती संसदका कर्मचारी बेइजिङको संदिग्ध जासूसी

बेइजिङका लागि सुराकी गरेको आरोपमा बेलायती संसदका एक अनुसन्धानकर्तालाई यसै वर्षको सुरुमा पक्राउ गरिएको खबर एक पत्रिकाले प्रकाशित गरेपछि बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले आइतबार बेलायती प्रजातन्त्रमा 'अस्वीकार्य' हस्तक्षेप मान्य नगर्दै चिनियाँ प्रधानमन्त्रीको कडा शब्दमा निन्दा गरेका छन्।

भारतमा जारी जी-२० शिखर सम्मेलनको एक भेटका दौरान बेलायती प्रधानमन्त्री सुनाकले यो विषय प्रधानमन्त्री ली चियाङसामु उठाएका हुन्। "हाम्रो संसदीय लोकतन्त्रमा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नभएको भनी मेरा चासो स्पष्ट रुपमा राखेको छु," सुनाकले नयाँ दिल्लीमा बेलायती मिडियालाई बताए।

बेलायतको महानगर प्रहरी बलले आधिकारिक गोपनीयता ऐन अन्तर्गत मार्चमा करिब २० र ३० वर्षका दुई जना पुरुषलाई पक्राउ गरेको पुष्टि गरेपछि दुईबीच भेट भएको हो। दुवैलाई कुनै अभियोग लगाइएको छैन र थप अनुसन्धानलाई थाति राख्दै उनीहरुलाई अक्टोबरसम्मका लागि धरौटीमा रिहा भरिएको छ।

बेलायतस्थित चिनियाँ दूतावासले एक विज्ञप्तिमार्फत सो आरोपलाई पूर्णतः कपोलकल्पित र दूर्भावनाले भरिएको लाञ्छना बाहेक केही नभएको बताएको छ। सो विज्ञप्तिमा चीनले बेलायतका सम्बन्धित पक्षलाई उनीहरुका चीन विरोधी राजनीतिक दाउपेच बन्द गर्न आग्रह गरेको छ।

सन्डे टाइम्सका अनुसार आरोपितमध्येको कान्छो चाहि संसदीय अनुसन्धानकर्ता रहेको र हाल शक्तिशाली विदेश मामिला समितिका प्रमुख एलिसिया कर्नस र यसै समितिका पूर्व प्रमुख र हाल सुरक्षा मन्त्री टम टुगेनढाट लगायत कन्जरभेटिभ पार्टीका वरिष्ठ सांसदहरुसँग काम गरेका थिए। निश्चित सुरक्षा प्रक्रिया पुरा गरेपछि सांसद, कर्मचारी र पत्रकारलाई जारी गरिने पास यी युवकसँग पनि रहेको र संसद भवनमा यिनको पहुँच रहेको अखबारले बताएको छ।

आर्थिक जालझेल, मानवअधिकार हनन र कुनै समय बेलायती उपनिवेश रहेको हङ्गकङ्गमा नागरिक स्वतन्त्रतामा बेइजिङको दमनका कारण केही वर्षयता बेलायत र चीनबीच तनाव उत्पन्न भएको छ।

बेलायत कन्जरभेटिभका नेताहरु बेइजिङसँग कति कठोर हुने र बेलायतको अर्थतन्त्रमा चिनियाँ कम्पनीहरुको पहुँच कति हुनुपर्छ भन्ने कुरामा विभाजित छन्। कन्जरभेटिभका कट्टरसमर्थकहरुले बेइजिङको बढ्दो प्रभाव बेलायतका लागि खतराको हुने बताइरहेका बेला, सुनकले चीनको बढ्दो शक्तिलाई चुनौतीको रुपमा उल्लेख गरेको छ।

बेलायत कन्जरभेटिभ दलका भूतपूर्व नेता डंकन स्मिथले मार्चमा जासुसी गरेका आशंकामा भएको दुई व्यक्तिको गिरफ्तारीले सरकारले चीनलाई प्रणालीगत खतराको रुपमा नदेख्ने प्रयास गरेको आरोपलाई झूट साबित गरेको बताए।

बेलायतका जासूसी संस्थाहरुले बेइजिङको गोप्य गतिविधिबारे सधैं चासो प्रकट गर्दै आएका छन्। गत नोभेम्बरमा बेलायतको आन्तरिक गुप्तचर निकाय एमआइ—५ का प्रमुख केन म्याककालमले चिनियाँ कम्युनिष्ट पार्टीको चलखेलले बेलायतमा ठूलो रणनीतिक चुनौति खडा गरेको बताए। त्यस्तै गत जुलाइमा अन्तर्राष्ट्रिय गुप्तचर संस्था एमआइ—६ का प्रमुख रिचार्ड मुरले एमआइ—६ रणनीतिक रुपमा सबैभन्दा बढी चीनमा केन्द्रित रहेको बताएका थिए।

सन् २०२२ को जनवरीमा एमआइ—५ ले लण्डनमा रहेका एक वकिलले चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट गोप्यरुपमा हस्तक्षेप गर्ने प्रयास गरिरहेको भनी त्यहाँका सांसदहरुलाई सचेत गराएको थियो। सो गुप्तचर निकायले क्रिस्टिन ली नामक वकिलले चिनिया सत्तारुढ पार्टीको एकीकृत मोर्चा कार्य विभागसँग मिलेर काम गरिरहेको आरोप लगाएको थियो। उक्त विभाग विदेशमा चिनियाँ प्रभावलाई विस्तार गर्ने संस्थाको रुपमा परिचित छ।

विपक्षी लेवरर पार्टीका सांसद ब्यारी गार्डिनरले सन् २०१५ देखि २०२० सम्मको अन्तरालमा लीबाट धेरैजसो कार्यालय खर्चका लागि ५००,००० पाउण्डभन्दा बढी प्राप्त गरेका थिए भने लीकी छोरा गार्डिनरको कार्यालयमा काम गर्थे। तर ली र चिनियाँ सरकार दुवैले भने उक्त कार्यलाई अस्विकार गरेका छन्।

चीनले बारम्बार आफ्नो आन्तरिक मामिलामा बेलायती हस्तक्षेपको आलोचना गर्दै आएको छ भने आफूले विदेशी राष्ट्रको राजनीतिमा हस्तक्षेप नगरेको पनि दाबी गर्दै आएको छ।

बेलायतका विदेश सचिव जेम्स क्लेभरलीले बेइजिङ भ्रमण गरेको केही दिनपछि सुनक र लीबीच भेटवार्ता भएको थियो। क्लेभरलीको बेइजिङ भ्रमण बेलायतको तर्फबाट गत केही वर्षयताकै सबैभन्दा उच्चस्तरीय चीन भ्रमण हो। यता चिनियाँ राष्ट्रपति सी चिनफिङले भारतमा भएको जी-२० शिखर सम्मेलनमा भाग लिएन्।

लीसँग भेट गर्ने आफ्नो कदमको बचाउ गर्दै सुनकले भने, "अनावश्यक रुपमा गुनासो गर्नुको तुक छैन। बरु म मेरा चासोहरु स्पष्ट रुपमा राख्छु र आज पनि मैले त्यही गरें।"

विशेष