अर्थ

एनआईसी एशियाले ल्यायो दसैँ - तिहारमा निःशुल्क क्रेडिट कार्ड योजना

एनआईसी एशियाले ल्यायो दसैँ - तिहारमा निःशुल्क क्रेडिट कार्ड योजना
असोज १५ । एनआईसी एशिया बैङ्कले दसैं तिहारको अवसरमा निःशुल्क क्रेडिट कार्ड योजना ल्याएको छ । निःशुल्क क्रेडिट कार्डसँगै यस महोत्सवमा वैदेशिक भ्रमणलाई लक्षित गरी ईन्टरनेशनल डेविट कार्डमा विशेष छुट दिई केवल रू. दुईसय ५० मा सेवा लिन सकिने बैङ्कद्वारा जारी विज्ञप्तीमा भनिएको छ । nic-asia साथै बैङ्कले सिमित अवधिका लागि भुक्तानीमा केही सहज व्यवस्था पनि गरेको छ । यो व्यवस्था इण्टरनेट बैङ्किङ् इसेवा तथा भौचर भरी बैङ्कका सम्पूर्ण शाखाबाट भुक्तानी गर्न सकिने जस्ता सुविधामा लागु हुने बताइएको छ । याे सुविधा असोज १४ गतेदेखि २९ गतेसम्म मात्र रहने विज्ञप्तीमा उल्लेख छ । एनआईसी एशिया बैङ्कले देशभरीमा आफ्ना ७० ओटा शाखा तथा ६९ एटिएम मार्फत् सेवा दिँदै आएको छ ।

Bank dashain tihar offer nic asia

विशेष