चालु आर्थिक वर्षमा ५ खर्ब राजश्व संकलन गर्ने लक्ष्य

असोज–१६ । व्यवस्थापिका संसदले चालु आर्थिक वर्षको आर्थिक,राष्ट्रिय ऋण उठाउने र जमानत विधयेक पारित गरेपछि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको राजश्व उठाउने लक्ष्य सार्वजनिक गरेको छ ।
सरकारले चालु आर्थिक वर्षको ३ महिनामा १ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको छ ।
महालेखा नियन्त्रकको कार्यलयका अनुसार हालसम्म सरकारले १ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको र आर्थिक वर्षमा सरकारले ५ खर्ब ६५ अर्ब ९४ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको छ ।
सरकारले सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार महशुल, आयकर र अन्तशुल्कबाट सबैभन्दा बढी राजश्व उठाउने लक्ष्य लिएको छ ।
arthamantralaya
Rajaswo
