अर्थ

दसैंमा कालोबजारी गर्न टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीलाई कस्तो सजाय ठीक होला ?

दसैंमा कालोबजारी गर्न टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीलाई कस्तो सजाय ठीक होला ?

yatayat

असोज १७ । सिन्डिकेट बलमा सडकमा मनपरी गरिरहेका व्यवसायीलाई चुनौती दिँदै सरकारले  यातायात क्षेत्रमा उपस्थिति जनाउने भएको छ । यातायात क्षेत्रमा सरकारको उपस्थिति शुन्य रहेको समयमा सडकमा एकाधिकार जमाएका व्यवसायीले दसैंको समयमा यात्रुलाई दुःख दिने नियतले टिकट बुकिङ बन्द गरेपछि सरकारले आफै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको हो ।

उपत्यकाबाट बाहिरिने ८ लाख बढी यात्रुले टिकट काट्न बाँकी रहँदै व्यवसायीले टिकट बन्द गरेका थिए । व्यवसायीले बार्गेनिङ गर्न नियमित बाहेक चाडबाडका समयमा सवारी नथप्ने र भएका सवारीलाई समेत ग्यारेजमा थन्क्याउने नियत राखेपछि सरकार आक्रामक भएको हो । दसैंमा घर जाने यात्रुलाई दुःख दिन व्यवसायीले यात्रु कोच्न र बढी भाडा लिन पाउनु पर्ने, सरकारले इन्धन उपलब्ध गराउनु पर्नेलगायत नाजायत माग तेस्र्याएका थिए ।

दुर्घटना न्यूनिकरणका लागि र यात्रुको सहजताका लागि सरकारले सिट क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाएको छ । दसैंको समयमा अतिरिक्त बस स्रञ्चालन नगर्दा सरकारलाई यो व्यवस्था हटाउन दबाब पर्छ भन्दै व्यवसायीले अग्रिम टिकट बुकिङ खुले पनि नियमितबाहेक बस थपेका थिएनन् ।

व्यवसायीको नियत बुझ्दै सरकारले दसैं लगायत पर्वका समयमा सरकारी कार्यालय, सेना, प्रहरी सशस्त्र प्रहरी र विद्यालयका बस सञ्चालन गर्ने निर्णय गरेको छ । –नागरिक दैनिकबाट

विशेष