अपराध सुरक्षा

अवैध रुपमा मेनपावर कम्पनी सञ्चालन गर्ने चारजना पक्राउ

अवैध रुपमा मेनपावर कम्पनी सञ्चालन गर्ने चारजना पक्राउ
असाेज - १७ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ मा गोप्य र अवैध रुपमा मेनपावर कम्पनी चलाउँदै आएको छ भन्ने सुराकीका आधारमा घर खानतलासी गर्दा विभिन्न व्यक्तिको १७ थान राहदानी फेला परेपछि तत्काल त्यहाँ रहेका चारजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा ३१ वर्षीय प्रमोद साह, २२ वर्षीया सिर्जना मगर, २८ वर्षीय कृष्ण चौधरी र ४५ वर्षीय मानबहादुर रिजाल रहेको पनि प्रहरीले जानकारी दिँदै सबैलाई इप्रका, इटहरीको हिरासतमा लिई आवश्यक थप अनुसन्धान भइरहेको बताइएको छ । बरामद भएका राहदानी बाहकलाई बोलाएर उनीसँग सोधपुछ र मेनपावर कम्पनी सञ्चालकबीच भएका कुराकानीलगायतका विषयमा पनि अनुसन्धान गर्ने कार्य भइरहेको बताइएको छ ।

विशेष