अर्थ

प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक राखिने

प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक राखिने
असोज १७ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग सञ्चालनसम्बन्धी सूचना प्रवाहका लागि अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक राखिने बताइका छन् । [caption id="attachment_31242" align="alignnone" width="770"]nabindra-raj-joshi-congress एजेन्सी[/caption] त्यस्ता उद्यमी उत्प्रेरकले सूचना केन्द्रको स्रोत व्यक्तिधका रुपमा काम गर्ने हँदा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले दिलाए। नेपाल प्रेस युनियन रुपन्देही शाखाले आज बुटवलमा गरेको सङ्क्षिप्त पत्रकार भेटघाट कार्यक्रममा हालै पारित भएको औद्योगिक व्यवसाय ऐनमा व्यवस्था गरिएको ‘नो वर्क नो पे’ मुलुकको औद्योगिक विकासका लागि मजबुत जग बन्नेमा जोड दिंदै उनले मुलुकको उद्योग व्यवसाय धाराशायी हुँदै गएको अवस्थामा औद्योगिक विकासका लागि मन्त्रिपरिषद्को बैठकले सर्वसम्मत रुपमा औद्योगिक व्यवसाय ऐन लागू गरेको बताए । उक्त ऐनभित्र व्यवस्था गरिएको ‘नो वर्क नो पे’ ले उद्योगधन्दामा बन्द हडताल गर्न नपाउने हुँदा उद्योगी व्यवसायी लाभान्वित हुने तर मजदुरका कारणबाहेक अन्य समस्याले उद्योग बन्द भए त्यस्तो समस्या समाधानका लागि उद्योगी, मजदुरका प्रतिनिधि र सरकार बसेर समाधान गर्ने बाटो खुला राखिएको उनकाे भनाइ छ । मुलुकको आयात प्रतिस्थापनका लागि सबै नेपाली युवा तरुणलाई उद्योगी बनाउने नीति मन्त्रालयको रहेको बताउँदै उनले लघु तथा ग्रामीण क्षेत्रमा सञ्चालित उद्योग तथा ठूला उद्योगका लागि प्रवद्र्धनात्मक कार्यक्रम ल्याइएको जानकारी पनि दिए ।

nabindra raj joshi

विशेष