वैदेशिक रोजगार विभागका शाखाअधिकृत १० लाखसहित पक्राउ

असोज–१७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका शाखाअधिकृत सहित २ जनालाई पक्राउ गरेको छ । सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो ।
[caption id="attachment_31255" align="alignleft" width="300"]
एजेन्सी[/caption]
कानुनी प्रक्रिया पूरा गरी दर्ता भई प्रमाण पत्र लिन आवेदन गरेको म्यानपावर कम्पनीसँग प्रमाणपत्र दिलाइदिने भन्दै विभिन्न बाहानामा विभागका शाखा अधिकृत रमेश लामिछानेले १० लाख रुपैयाँ घुस लिएको आयोगको आरोप छ । अधिकृत लामिछानेलाई घुस लिन सघाएको आरोपमा आयोगले शिक्षक अनिल पौडेललाई पनि पक्राउ गरेको हो ।
आयोगका अनुसार दुवैलाई बिजुलीबजारस्थित राजधानी रेष्टुरेन्टबाट पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।
Akhtiyar
akhtiyar durupayog anusandan aayog
