अपराध सुरक्षा

नहुनु पर्ने भइसकेपछि टाउकोमा हात राखेर रुनु सट्टा पहिले नै यसो गर्नुहोस्

नहुनु पर्ने भइसकेपछि टाउकोमा हात राखेर रुनु सट्टा पहिले नै यसो गर्नुहोस्

 

असोज १९ । दसैंको मुखमा चोरीको घटना बढ्ने गर्छन् । चाडवाडमा चोरी, लुटपाटका घटनाले सुरक्षामा सजग हुन सिकाउँछ । तर हरेक वर्षको आँकडाले देखाउँछ, सजगताका बावजुद चोरीका घटना वृद्धि भइ नै रहेका छन् ।

लमजुङको विकट गाउँ इलमपोखरीमा बस्ने ७३ वर्षीय मनलाल गुरुङ र बुद्धिमाया गुरुङ यसपटक पाकेटमारको सिकार भए ।

बेसीसहरबाट बोराङखोलाको बसमा इलमपोखरी फर्कदै थिए उनीहरु । पेन्सन थापेर घर फर्केका उनीहरुसँँग २ लाख ८३ हजार थियो । त्यति धेरै पैसा पाकेटमारले उम्काइसकेका वृद्धवृद्धाले चाल नै पाएनन् । जब बसबाट उनीहरु ओर्लिए पछि मात्रै उनीहरुले पैसा चोरको हातमा पुगिसकको थाहा पाए । त्यतिबेलासम्म बस धेरै पर पुगिसकेको थियो ।

प्रहरीमा उजुरी गर्न उनीहरुलाइ नत बस नम्बर थाहा थियो, नत बसका कर्मचारीसँंग नै चिनजान थियो । दसैंको मुखमा पैसा लुटिएपछि उनीहरुसँंग आँशु झार्नु बाहेकको विकल्प केही थिएन । घटना यही महिनाको हो ।

दसैको मुखमा यस्ता चोरीका घटना प्रत्येक वर्ष हुने गर्छन् । चोर, पाकेटमार, लुटेराविरुद्धको प्रहरीले आफ्नो ध्यान केन्द्रीत गरेको भन्ने गरेको भए पनि घटनामा कुनै कमी आएको छैन । महनगरीय प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरी भन्छन् ‘चोरीबाट जोगिन नागरिक आफै सजग हुनुपर्छ ।’

उनका अनुसार प्रहरीले प्रत्येक वर्ष झै यो वर्ष पनि सुरक्षा सर्तकता बढाएको छ । राजधानी लगायत देशको विभिन्न सहरमा सुरक्षा सर्तकता बढाउने लगायत प्रहरी सङख्या पनि बढाएको छ ।

उनी भन्छन ‘दसैैंमा काठमाडौँबाट धेरै मानिसहरु उपत्यका बाहिर जाने हुनाले काठमाडौंमा सुनसान हुन्छ । त्यसकै मौका छोपेर चोरीका घटना बढ्न सक्छन । त्यसैले घर रित्तो पारेर सकभर नजानु नै राम्रो ।’ नागरिक जिम्मेवार नभए पुलिसले मात्र केही गर्न नसक्ने उनको भनाइ छ ।

दसैँमा जाडरक्सी खाएर झगडा गर्ने तथा होहल्ला गर्नेलाई प्रहरीले कारवाही गर्ने ठकुरी बताउँछन । भन्छन ‘अरु वर्ष भन्दा यो वर्ष सबै कुरामा प्रहरीले निगरानी बढाएको छ । यो वर्ष चोरी, लुटपाट जस्ता घटना धेरै मात्रामा कम हुन्छ ।’

दसैंको शुुरुवातसँंगै प्रहरी विभिन्न ठाउँमा व्यापक परिचालन गरेको ठकुरी बताउँछन् । उनका अनुसार देशको विभिन्न ठाउँ, राजमार्ग, जंगल, नाका र टोलटोलमा नागरिक सहायता कक्ष, प्रहरी गस्ती, सादा पोसाकमा प्रहरी र प्रहरीको अस्थायी बिट स्थापना गरिएको छ ।

नेपाल भारतका बोर्डरमा भारतमा काम गरेर नेपाल फर्कने कामदारहरु वर्सेनि लुटिने गर्छन् । पेय पदार्थमा नशालु वस्तु मिसाएर नेपाली कामदार लुटिएका घटना पनि छन् । यसपाली बोर्डरमा कडा सुरुक्षाको कारण लुटपाटको घटना नहुने उनको दाबी छ । भन्छन ‘भारतीय प्रहरीसँंग समन्वय गरेर धेरै प्रहरी खटाएका छौ त्यसैले यसपाली लुटपाट हुने सम्भावना कम छ ।’

प्रहरी प्रवक्ता ठकुरीका अनुसार लुटपाटबाट जोगिन घर छोडेर जादा कोही हेर्ने मान्छे नभएमा छिमेकी तथा प्रहरीलाई हेरविचार गर्न लगाउनुपर्छ । घरमा सुनचाँदी र धेरै गरगहना नराख्न उनी सल्लाह दिन्छन । घरको अवस्थाको बारेमा सबैलाइ जानकारी गराए चोरी हुने सम्भावना कम हुन्छ ।

dashain-crime-nepalaaja-01


लामो यात्रा गर्दा साथमा पैसा बोक्नु भन्दा पनि एटिएम कार्डमा बोक्ने र गरगहना नलगाइ हिडेमा लुटपाट नहुने उनी बताउँछन् । ‘बसको लामो यात्रामा शंकास्पद व्याक्ति देखेमा प्रहरी १०० मा खबर गर्नुपर्छ । सुनसान बाटोमा एक्लै हिड्नु हुदैन ।’ ठकुरीले भने ।

‘पैसा, गरगहना घरमा नराख्ने र बोकेर नहिड्ने हो भने चोरी नै हुदैन ।’ यसको लागि बेग्लै व्यवस्था र पैसा बोकेर हिड्दा भरपर्दो साथीसँंग जानु राम्रा हुन्छ । ’ उनले थपे ‘बाँकी कुरामा प्रहरीको निगरानी उच्च छ । अलिकती होस पु¥याए केही हुदैन ।’

–सागर बुढाथोकी


 

dashain caution dashain lootpat

विशेष