लुकाइछिपाई काठमाडौँ भित्र्याउन लागिएको लागुऔषध बरामद

असाेज - १८ । प्रहरीले नागढुङ्गामा जाँचका क्रममा दुई बसबाट लुकाइछिपाई काठमाडौँ भित्र्याउन लागिएको लागुऔषध बरामद गरेको छ ।
[caption id="attachment_31521" align="alignleft" width="300"]
एजेन्सी[/caption]
वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा ५ ख ४६८४ नंम्वररको यात्रुबाहक बस नागढुङ्गाबाट खटिएका प्रहरी टोलीले चेक जाँच गर्दा नाइट्रोपामसहित वसन्तपुर, पर्सा घर भएका २६ वर्षीय राजेश मुखिया र भैरहवाबाट काठमाडाैं आउँदै गरेको लु १ ख ७१९५ नंम्वरको बसमा डाइजेपामसहित सुनवल, नवलपरासीका प्रदीपकुमार मल्ल र सो लागुपदार्थ कलङ्कीमा लिन आएका गङ्गबु, काठमाडौँका निरञ्जन महर्जनलाई पक्रेको महानगर प्रहरी प्रभाग नागढुङगाका प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार दाहालले जानाकारी दिए ।
विहान ४ वजे वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा ५ ख ४६८४ नंम्वररको यात्रुबाहक बसवाट ३ हजार टयापलेट नाइट्रोपाम र भैरहवाबाट काठमाडाैं आउँदै गरेको लु १ ख ७१९५ नंम्वरको बसमा २सय ४ थान डाइजेपाम वरामद गरिएको महानगरिय प्रहरी प्रभाग नागढुङगाले जनाएको छ ।चाडपर्वलाई लक्ष्य गरी राजधानीमा सुरु गरिएको विशेष सुरक्षा योजना अन्तर्गत जाँच, गस्ती लगायत गतिविधिलाई प्रहरीले तीव्रता दिएको छ ।
Drug
Nitrogen
