अर्थ

घरेलु तथा साना उद्योग दर्ता हुने क्रममा वृद्धि

घरेलु तथा साना उद्योग दर्ता हुने क्रममा वृद्धि
असोज - १८ । कैलालीमा पछिल्लो समय घरेलु तथा साना उद्योग दर्ता हुने क्रममा वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालयमा पछिल्लो दुई महिनामा मात्रै १८७ वटा उद्योग दर्ता भएका छन् । कार्यालय प्रमुख दिलीप चन्दका अनुसार आव २०७१÷७२ मा ६३६ वटा उद्योग दर्ता भएका थिए । दर्ता हुनेमा बढी सङ्ख्यामा व्यक्तिगत फार्म रहेका छन् । kailali-a आव २०७२÷७३ मा दर्ता भएका उद्योगमा पुँजी लगानी रु एक अर्ब १९ करोड ९१ लाख प्रस्ताव गरिएको छ । यी उद्योगमा छ हजार ३४४ पुरुष र ५८४ महिलाले रोजगारी पाएका छन् । यस्तै पछिल्लो दुई महिनामा दर्ता भएका उद्योगमा रु १६ करोड ७६ लाख लगानी तथा करिब एक हजार ४०० जनाले रोजगारी पाएका छन् । कार्यालयमा हालसम्म दर्ता भएका चार हजार ६६६ उद्योगमा कुल रु छ अर्ब १५ करोड १३ लाख ९२ हजार लागानी भएको छ । करिब ६० प्रतिशत उद्योग मात्र सञ्चालनमा रहेका बताइएको छ । कतिपयले ऋणको प्रयोजनका लागि मात्र उद्योग दर्ता गर्ने गरेका कार्यालय प्रमुख चन्दले बताउनुभयो । दर्ता भएका उद्योगको अनुगमन निरीक्षण जनशक्तिको अभावका कारण हुन सकेको छैन ।

Kailali

विशेष