अर्थ

बेलायती मुद्राको भाउ घट्यो

बेलायती मुद्राको भाउ घट्यो
असोज १९ । मङ्गलबार बेलायती मुद्रा पाउण्डको भाउमा उच्च कमी आएको छ । उक्त दिनको कारोबारमा पाउण्डको भाउ डलरको तुलनामा ३१ वर्षकै न्यून बिन्दुमा ओर्लिएको छ । यसको प्रभाव शेयर बजारमा समेत देखा परेको छ । बेलायत यूरोपेली सङ्घबाट बाहिरिने कुराको डरका कारण मुद्राको भाउ ओरालो लागेको हुन सक्ने विश्लेषण गरिएको छ । उक्त दिनको कारोबारमा बेलायती परिसूचक एफटीएस्ई १०० को भाउ १ दशमलव ३ प्रतिशत बढेर ७ हजार ७२ दशमलव ७९ अङ्कमा उक्लिएको थियो । bazar बेलायती सूचकको यो भाउ १ वर्षभन्दा बढी समयकै उच्च हो । उता फ्रान्सेली शेयर सूचक सीएसी ४० को भाउ पनि शून्य दशमलव ९ प्रतिशत बढेर ४ हजार ४ सय ९४ दशमलव ६७ अङ्कमा पुगेको थियो भने जर्मनीको ड्याक्सको भाउले शून्य दशमलव ८ प्रतिशतको वृद्घि हासिल गर्दैै १० हजार ५ सय ९० दशमलव ९३ अङ्कमा पुगेको थियो । यसैक्रममा डाउ जोन्स र एस्एण्डपी ५०० को भाउ शून्य दशमलव २ प्रतिशत बढेर क्रमशः १८ हजार १ सय ९० र २ हजार १ सय ५७ दशमलव ६० अङ्कमा पुगेको थियो । मङ्गलवार पाउण्डको भाउ शून्य दशमलव ५ प्रतिशत घटेर ३१ वर्षकै न्यून अर्थात् १ डलर २७६० अङ्कमा पुगेको थियो । बेलायती सरकारले यूरोपेली सङ्घ छोड्ने योजना बनाइरहेको समयमा लगानीकर्ताहरू चिन्तित बन्दा पाउण्डको भाउमा कमी आएको हो । उता डलरको भाउ भने येनको तुलनामा बढेर १ सय २ दशमलव ३० येनमा उक्लिएको थियो भने यूरो भाउले कमी बेहोरेको थियो । एक मासिक तथ्याङ्कले अमेरिकी म्यानुफ्याक्चरिङ क्षेत्रमा सुधार आएको देखाएपछि केन्द्रीय बैङ्क फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाउन सक्ने सम्भावनाले थप बल प्राप्त गरेका कारण डलरको भाउ उकालो लागेको हो । सेप्टेम्बरमा अमेरिकाको कारखाना गतिविधिमा सुधार आएको र नयाँ अर्डर र कारखाना उत्पादनमा समेत वृद्धि भएको तथ्याङ्क आएको छ । मङ्गलवार एशियाली बजारमा पनि सकारात्मक नतीजा आएको छ । उक्त दिन जापानी शेयर सूचक निक्केई २२५ को भाउ शून्य दशमलव ८ प्रतिशत बढेर १६ हजार ७ सय ३५ दशमलव ६५ अङ्कमा उक्लिएको थियो । येनको भाउमा आएको कमीले जापानका ठूला निर्यातक कम्पनीलाई फाइदा पुगको र बजार पनि उकालो लागेको हो । यसैक्रममा सोही दिन दक्षिण कोरियाली कोस्पीको भाउ शून्य दशमलव ६ प्रतिशत बढेर २ हजार ५४ दशमलव ८६ अङ्कमा पुगेको थियो । त्यस्तै हङकङेली सूचक हाङ सेङको भाउ शून्य दशमलव ५ प्रतिशत बढेर २३ हजार ६ सय ८९ दशमलव ४४ अङ्कमा पुगेको थियो । उता अष्ट्रेलियाली सूचक एस्एण्डपी २०० को भाउ शून्य दशमलव १ प्रतिशत बढेर ५ हजार ४ सय ८४ अङ्कमा पुगेको थियो । भारत, ताइवान र दक्षिणपूर्वी एशियाली बजार सबै उकालो लागेका थिए भने चिनियाँ बजार बिदाका कारण बन्द थियो ।

belayetma dollerko bhau ghatyo doller prize low londol

विशेष