अर्थ

सुनको मूल्य ११ सयले घट्यो

सुनको मूल्य ११ सयले घट्यो
असोज १९ । सुनको मूल्य बुधबार एकैपटक ११ सय रुपैयाँले घटेको छ । छापावाल सुन तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन भने प्रतितोला ५६ हजार ४ सय ५० रुपैयाँले कारोकार भइरहेको । gold सुन मंगलबार तोलामा ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो सातामा सुनको मूल्य घट्ने क्रम जारी छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले नेपाली बजारमा सुन सस्तिएको महासंघले जनाएको छ । चाँदी बुधबार तोलाको ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

sunko mulya ghatyo

विशेष