दाङबाट चितुवाको छालासिहत दुई व्यक्ति पक्राउ

असोज–१९ । दाङमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुलाई गोप्य सूचनाको आधारमा दाङ देउखुरीको लमही बजारबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिसहनिया गाविस वडा नं. १ निवासी ४९ वर्षीय टेकबहादुर केसी र लालमटिया गाविस वडा नं. ८ निवासी ४५ वर्षीय मुक्तबहादुर थापा रहेका छन् ।
पक्राउ परेकाले आफूहरु कारोबारी नभएको र अरुको भरिया मात्रै बनेको जिकिर गर्दै आएको प्रहरीले बताएको छ । पक्राउ परेकाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Accident in Dang
dang
pakrao
