अपराध सुरक्षा

झुठो प्रेममा पारी १२ वर्षसम्म बलात्कार

झुठो प्रेममा पारी १२ वर्षसम्म बलात्कार

rape असोज २१ । उदयपुरमा अपाङ्गता भएकी एक महिलालाई १२ वर्षदेखि यौनशोषण गरेको खुलासा भएको छ ।  २०६१ सालमा त्रियुगा जनता वहुमुखि क्याम्पसमा अध्ययन गर्न आएकी २८ वर्षकी अपाङ्गता भएकी महिलामाथि बेल्टारबसाहा नगरपालिका(१ बेल्टारबजारका ३४ वर्षका देवनकुमार राईले १२ वर्षदेखि यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको हो । राई जिल्लास्थित विभिन्न संघसंस्थामा आवद्ध रही आफूलाई जिल्लाको अब्वल दर्जाको मानवअधिकारकर्मी ठान्ने गर्दछन् ।

पीडित महिलाले बिहीबार पत्रकार सम्मेलन गरेर आफू अधिकारकर्मीबाटै अन्यायमा परेको बताएकी हुन् । अध्ययनको शिलशिलामा गाईघाट आएकी उनलाई आरोपित राईले पहिलो पटक २०६१ सालमा घरमा कोही नभएको बेला बलात्कार गरेको आरोप छ । एउटै घरमा अलग अलग कोठा भाडामा लिएर बस्दै आउने क्रममा घरबेटी नभएको बेला राईले आफ्नो कोठामा आएर प्रेम प्रस्ताव राखेको ती महिलाले बताएकी छिन् । राईको प्रस्ताव इन्कार गर्दा आफू बलात्कृत हुनु परेको उनको भनाई छ ।

बलात्कारपछि राईले बिहे गर्छु तर पहिल्यै कसैलाई भनिस् भने मार्छु भनेर धम्कि दिएको उनले बताएकी छिन् । त्यसपछि पनि राईले बिहे गर्छु भन्दै पटक पटक बलात्कार गर्ने गरेको उनले बताइन् । पछिल्लो समय २०७३ साउन महिनामा राईसँग विवाह दर्ताको प्रस्ताव राख्दा अपाङ्ग र सपाङ्ग त्यसमा पनि जात धर्म नमिलेको महिलासँग सम्बन्ध हुन नसक्ने भन्दै पन्छिएपछि आफू छिमेकीको सहारामा न्याय माग्न निस्किएको उनले बताइन् ।

राईले तथानाम गाली गर्दै आफूलाई कुटपिटसमेत गरेको उनको भनाई छ । राईको ज्याजतिले सिमाना नाघेपछि छिमेकीको सहारामा गएको साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताइन् । त्यसपछि पनि असोज ३ र १८ गते बिहान ८ बजेको समयमा राईले सार्वजानिक सडकमै घटनालाई वढावा दिए मार्ने धम्कि दिएको उनले पत्रकार सम्मेलनमा बताइन् ।

टेलिफोन, सामाजिक सञ्जाल र सार्वजानिक ठाउँमासमेत धम्कि दिन थालेपछि आफू न्यायको लागि सम्बन्धित निकायमा पुगेको उनले सुनाइन् । पीडितले जिल्ला अदालतमासमेत आरोपितसँग नाताकायमको माग गर्दै मुद्दा दर्ता गराएकी छिन् ।

Udayapur

विशेष