विदेशी फलफूलले मान्दैछौं दसैं, कालिमाटीमा पाइन्न जुम्लाको स्याउ
असोज । काठमाडौंको भण्डार मानिने कालिमाटी तरकारी तथा फलफूल बजार परिक्रमा गर्दा नेपाली स्याउ कतै पाइएन । नेपालीहरुको महान् चाड दसैं नजिँकिदै गर्दा फलफूल भित्रिने क्रम पनि जारी छ । विभिन्न प्रकारका फलफूल जस्तै केरा, मौसम, अनार, खर्बुजा आदि भत्रिरहेको समयमा स्याउ बढि मात्रामा आयात भइरहेको छ । दुःखको कुरा यो छ की कुनै पनि व्यापारीले नेपालको स्याउ बेच्न मन गर्दैनन् । बजारमा कुन कुन स्याउ उपल्ब्ध छन् भनेर खोजी गर्दै जाने क्रममा चिनियाँ, चकलेट, अमेरिकन, कस्मीरे स्याउ बढि मात्रामा पाइयो । मुस्किलले एउटा पसलमा मुस्ताङको स्याउ भेटियो । बजार भाउको कुरा गर्दा अहिले चिनियाँस्याउको मूल्य प्रति किलो १०० रुपैयाँ छ, अमेरिकन २०० रुपैयाँ किलो छ, कस्मीरे १६० रुपैयाँ, मुस्ताङको स्याउ १८० छ भने यदि जुम्लाको स्याउ १६० या १८० रुपैयाँ किलो पर्छ । आखिर बजार उपभोक्तको लागि त हो । उपभोक्ताले नै नेपाली स्याउ खरिद नगरिदिए पछि व्यपारीले पनि किन बेच्थे र जुम्लाको स्याउ ? व्यापारीका अनुसार, उपभोक्ताहरुको माग बढि मात्रामा इन्डियन र चाइनिज स्याउकोे छ । जुम्लाको स्याउ भन्ने बित्तिकै धेरैले नाक खुम्च्याउने गरेको उनीहरुले गुनासो पोखे । त्यसमाथि पनि जुम्लादेखि ल्याउँदा भाडा धेरै पर्ने र महंगो हुने भएकाले धेरैले जुम्लाको स्याउ किन्न नमान्ने गुनासो व्यापारीले पोखे । त्यसो त जुम्लाको स्याउ जुम्लामै किन्दा ६०/७० रुपैयाँमा पाइन्छ तर यहाँ ल्याउने बेलासम्म भाउ अकासिन्छ । जुम्लाको स्याउ किन बजारमा नल्याइएको भन्ने नेपाल आजको प्रश्नमा एक फलफुल व्यापारीले भने, ‘किनेर ल्याएको मूल्य नै उठ्दैन बेचेर के गर्नु ?’ १८० तिरेर जुम्लाको स्याउ किन्नुको साटो १०० रुपैयाँमा चाइनिज स्याउ नै आउने भएपछि उपभोक्ताले पनि उतिसारो वास्ता नगरेको व्यापारीको भनाइ छ । –कञ्चन न्यौपाने bideshi falful in dashain jumla syau in kalimati