अपराध सुरक्षा

दशै दशा बनेर आयो एक दम्पतीलाई, घरमा सुतिरहेको अवस्थामा ट्रकले किच्यो

दशै दशा बनेर आयो एक दम्पतीलाई, घरमा सुतिरहेको अवस्थामा ट्रकले किच्यो

couple1

असोज २३ । भारतीय नम्बरको मालबाहक ट्रकले किच्दा घरभित्र सुतिरहेका दम्पतीको मृत्यु भएको छ। नागढुंगा–नौबिसे सडकखण्डको ढलान भन्ने ठाउँमा रहेको खत्री ढकाल परिवारको घरमा मालबाहक ट्रक पसेको थियो। नियन्त्रण गुमाएर घरभित्र पसेको ट्रकले किच्दा ४५ वर्षीय राजकुमार खत्री र उनकी श्रीमती ४० वर्षीय दुर्गाको मृत्यु भएको हो। घाइते भएका उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल र्पुयाइए पनि अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी सहायक निरीक्षक गुणनिधि खकुरेलका अनुसार सवा ४ बजेतिर उक्त दुर्घटना भएको हो। धादिङबाट काठमाडौं आउँदै गरेको मालबाहक ट्रक उकालो सडकमा नियन्त्रण गुमाई घरभित्र छिरेको उनले बताए । दुर्घटनमा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Death

विशेष