यौन-शिक्षा

२०० वर्ष पुरानो बंगलादेशी वेश्यालय !

२०० वर्ष पुरानो बंगलादेशी वेश्यालय !

 बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरानो बेश्यालय हो, कन्दापारा बेश्यालय ।

यो बंगलादेशको दोस्रो ठुलो वेश्यालय समेत रहेको छ । २०० वर्ष अघि देखि यो वेश्यालय चल्दै आइरहेको छ । सन् २०१४ मा यस वेश्यालयलाई हटाइएको थियो । तर स्थानिय एनजीओको सहयोगमा यो वेश्यालय पुन सञ्चालनमा ल्याइयो ।

धेरै महिलाहरु त्यही वेश्यालयमा जन्मिने गर्छन् । त्यही हुर्किन्छन् । तर, कसैलाई थाहा हुदैन जब उनीहरु हराउँछन् । वेश्यालय हुनुपर्छ भन्नेहरु भन्ने गर्छन, ‘वेश्यावृत्ति पनि अन्य काम जस्तै काम हो । यहाँ रहेका महिलाहरु यौनधन्दा बाहेक अन्य काम गर्न खोज्दा पनि खोज्दैनन् । त्यहाँ काम गर्दै आइरहेका महिलाहरुले उनीहरुको काम गर्न पाउने हकलाई न्याय दिन आन्दोलन समेत गरेका थिए ।’ सन् २०१४ को अन्त्यमा गैरकानुनी भन्दै सरकारले रोक लगाएको थियो र सबै वेश्याबृत्तिमा लागेका महिलाहरुलाई घर फर्कन आग्रह गरेको थियो ।

आज बेश्यावृत्तिका लागि छुट्टाइएको स्थानमा पर्खाल लगाइएको छ । बेश्यालय जाने साना बाटोहरुमा खानाका स्टलहरु, चिया पसल, र स्ट्रिट भेनडोरहरु रहेका छन् । हाम्रो समाजभन्दा त्यहाँको नियम कानुन नै नितान्त फरक रहेको छ । त्यहाँ आफ्नै नियम कानुन र चलाउने शक्ति नै फरक रहेका छन् । सूरुवाती दिनमा बेश्यालयमा पस्ने किशोरीलाई ‘बोन्ड गर्ल’ भनिन्छ । उनीहरु प्राय १२ देखि १४ वर्षबिचका हुन्छन् ।

यस्ता किशोरीहरु गरिब परिवारबाट आउने गरेका छन् । उनी महिलाबेचबिखनको शिकार समेत भएका हुन्छन् । उनीहरुको अधिकार र स्वतन्त्रता भन्ने कुरा नै हुदैन । उनीहरुलाई त्यस्ता वेश्यालयमा लगेर यौनधन्दा लगाउन लगिन्छ र उनीहरुलाई किनेको पैसा उठाइन्छ । व्याज सहित । एक देखि पाचँ वर्षको अवधिमा उनीहरुलाई यस्तो कार्यमा लगाइन्छ । त्यसपछि उनीहरु स्वतन्त्र यौनकर्मी बन्छन् ।

त्यसपछि उनीहरु वेश्यालयमा आउने ग्राहकलाई अस्विकार गर्ने, स्वतन्त्र पैसा जम्मा गर्न पाउनेछन् । जब उनीहरु ऋण तिरी सक्छन् उनीहरु बेश्यालय समेत छोड्न पाउँछन् । बाहिरी समाजले स्विकार्ने नहुदाँ उनीहरु त्यही वेश्यालयमा बाँकी जीवन काट्ने गर्छन् । परिवारलाई त्यही बेश्यालयबाट हुने कमाइबाट सहयोग गरिरहन्छन् ।

Besyalaya

विशेष