यौन-शिक्षा

एयर होस्टेसको सेक्स डायरी उनका पतिले भेटेपछि...

एयर होस्टेसको सेक्स डायरी उनका पतिले भेटेपछि...

 हवाईयात्राका क्रममा नै आफ्ना सहकर्मीहरूसँग शारीरिक सम्बन्ध कायम राख्ने एयर होस्टेसको डायरी सार्वजनिक भएपछि उनी कानूनी लडाईंमा परेकी छन् । हल्यान्डकी ती विवाहित एयर होस्टेसका पतिले उक्त डायरी कम्प्युटरमा फेला पारेका थिए । डायरी पढेपछि पति रिसले आगो भएका थिए ।

डच एयरलाइन्स ट्रान्सएभियामा काम गर्ने उक्त एयर होस्टेसले डायरीमा सहकर्मीहरूसँग विमानमा सेक्स गरेको कुरा खुलस्त लेखेकी थिइन् । पतिले उक्त मामिला सञ्चारमाध्यमलाई सार्वजनिक गरिदिएका थिए । विमानमा मात्र नभई उक्त एयर होस्टेसले त होटेलहरूमा समेत लीला रच्ने गरेकी रहिछन् । अनि आफ्ना सबै हरकत एकदमै विस्तारपूर्वक उनले लेखेकी थिइन् ।

विमानसेवाका अधिकारीहरूले डायरी सार्वजनिक हुनबाट रोक लगाउन खोजेका थिए । अझ, उनीहरूले पतिका विरुद्ध नै मुद्दा हालिदिए । पत्नीको निजी सूचना तथा इमेल सार्वजनिक गरेकामा उनीहरूले पतिविरुद्ध मुद्दा हालेका थिए ।

यसरी एयर होस्टेसले हवाईयात्रामै सहकर्मीसँग यौनक्रीडा गर्दा विमानका यात्रुहरूको ज्यान खतरामा पर्न सक्थ्यो भनी सञ्चारमाध्यमहरूले विमान कम्पनीको निन्दा गरेका छन् ।

Sex Dairy

विशेष