अपराध सुरक्षा समाज

रक्सीको उन्मादमा भिनाजुद्वारा सालीको हत्या

रक्सीको उन्मादमा भिनाजुद्वारा सालीको हत्या

rape

असोज ३० । नसाको उन्माद र एक छिनको रमाइलोका लागि मान्छेले पिउने रक्सीले उल्टो मान्छेलाई पिए के होला ? समाजमा रक्सी पिएपछि होस गुमाएर हुने गरेका धेरै घटनाहरु सार्वजनिक भइरहेका छन् । अत्याधिक मादक पदार्थ सेवन गरेपछि नसाको उन्मादमा यौनको प्यास मेटाउने माध्यम १० बर्षीया वालिकालाई बनाउने भिनाजु अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

कास्कीको ढिकुरपोखरी १ मा दशैको फुलपातीका दिन अत्याधिक मादक पदार्थ सेवन गरी १० बर्षीया सालीको हत्या गरेको अभियोगमा २४ बर्षीय ईश्वर विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । फुलपातीको घरबाट हराएकी दिन १० बर्षीया कञ्चन विक अष्टमीको दिन विहान घर नजिकै मृत अबस्थामा भेटिएकी थिइन् । घटना अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका ईश्वरले वलात्कारपछि आफैले कञ्चनको हत्या गरेको स्विकारेका छन् ।

घटना विवरण अनुसार फुलपातीको दिन विहानै देखि रक्सीले मातेका ईश्वर अपरान्ह झण्डै ४ बजे पसलतिर जान लागे । सोहि बेला १० बर्षीय कञ्चन पनि चाचचाउ किन्ने प्रलोभनमा भिनाजु पर्ने इश्वरको पछि लागिन् । मदिराले लठ्ठिएका इश्वरले अबोध बालिकालाई यौन प्यास मेटाउने माध्यम बनाउने सोच बनाए र घरबाट झण्डै ५० मिटर पर नपुग्दै मुख थुनेर वलात्कार गरे । भिनाजु नाता पर्नेले गरेको यो पासविक कार्यबाट पिडित कञ्चन रुन लागिन् त्यतिनै बेला उनैले लगाएको कपडाको तुनाले घाटी थिचेर जीवन लिला समाप्त पारिदिए ।

हत्यापछि घर माथि लगेर फालिएको शब भोलिपल्ट विहान मात्रै भेटियो । ईश्वर आफ्नी पत्नीको साथमा ससुरालीमै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।

Death

विशेष