यौन-शिक्षा

यौन इच्छा दबाउँदै हुनुहुन्छ, होसियार

यौन इच्छा दबाउँदै हुनुहुन्छ, होसियार

यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ ।

पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा हस्तमैथुन वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ ।

यौन सम्पर्क नराख्दा यौन शक्ति घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर केही समय प्रबल इच्छा भएपनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ ।बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउछ । अर्को कुरा केही गर्भ्निरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हार्मोन चक्की खान छाडेमा पुन यौनइच्छा बढ्न जान्छ । कसैलाइ मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ ।

चुस्त यौन जीवनका लागि यौनांगलाई सधैं सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ । श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ ।

sex

विशेष