अपराध सुरक्षा

सशस्त्र समूहको कमाण्डर भनि धम्कि दिई रकम असुल गर्ने पक्राउ

सशस्त्र समूहको कमाण्डर भनि धम्कि दिई रकम असुल गर्ने पक्राउ
असोज – ३० । विभिन्न सशस्त्र समूहको कमाण्डर हुँ भनि धम्कि दिई जवरजस्ती रकम असुल गर्ने एक व्यक्तिलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । महाशाखाबाट खटिएको प्रहरी टोलीले बैकुण्ठ बेल्बासेलाई काठमाडौंस्थित मनमैजुबाटबाट पक्राउ गरेको हो । बेल्बासेले उपत्यकाका केही व्यवसायी एवम व्यक्तिहरुलाई विभिन्न मोवाईल नं.बाट फोन गरी तथा चिठीपत्रहरु पठाई धम्क्याइर रकम असुली गर्ने गरेको महाशाखाले जनाएको छ । jail अभियुक्तले विभिन्न भूमिगत समूहहरु अलकायदा विश्व संगठन (दक्षिण एशिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाईगर मुक्ति मोर्चाको कमाण्डर अग्निचट्टान, विवश, असिना जस्ता नक्कली उपनामहरु राखि धाक–धम्की दिइ रकम असुल गर्दै महाशाखाले बताएको छ । वेलबासेले आफूलाई नव–आवज प्रा.लि.को अध्यक्ष हुँ भनि विभिन्न व्यक्तिहरुसंग परिचय गरी फोन नं. लिई सो मध्य सहज पहुँच हुन सक्ने व्यवसायीहरुको चयन गरी उनीहरुलाई फोनबाट धम्क्याउने तथा चिठी पठाई रकम माग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महाशाखाले आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाण्डौ पठाईएको । साथै राज कुमार ढुङ्गानालाई संगठित रुपमा हतियार देखाई अपहरण गरेको अभियोगमा २०७० जेष्ठ १३ गते बैकुण्ठ बेल्बासे सहित ४ जना पक्राउ परेका थिए । उनीहरुलाई अपहरण तथा शरीर बन्द्यक र संगठित अपराधमा ०७० श्रावण १० गते काठमाडौं जिल्ला अदालतले २७ महिना जेल चलानको सजाय सुनाएको थियो । उनी २७ महिना जेल भुक्तान गरी २०७२ भाद्र २७ गते जेल मुक्त भएको थिए ।

Baikuntha belbase METROPOLITAN POLICE - CRIME DIVISION METROPOLITAN POLICE - CRIME DIVISION

विशेष