अर्थ

बाग्लुङ कालिका भगवती मन्दिरमा दसैं अवधिभर १८ लाख भेटी संकलन

बाग्लुङ कालिका भगवती मन्दिरमा दसैं अवधिभर १८ लाख भेटी संकलन
असाेज - ३० । प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका भगवती मन्दिरमा बडादसैं अवधिभर १८ लाख १० हजार ७ सय ५६ रुपैयाँ भेटी संकलन भएको छ । कालिका भगवती गुठी ब्यवस्थापन समितिले संकलन गरेको बिवरण अनुसार भेटी ७ लाख ६० हजार ६ सय १४ रुपैयां जम्मा भएको हाे । [caption id="attachment_32702" align="alignnone" width="960"]kalika-mandir तस्बिरः यसराजु खड्का[/caption] मन्दिरबाट १ हजार ४ सय ९८ जोडी परेवा बिक्रिबाट ५ लाख ९९ हजार, बोका मुढ ४ सय ७३ बिक्रिबाट ३ लाख २६ हजार ७ सय ६५ रुपैयां, कुखुरा मुढ बिक्रि ६ सय ६२ बाट ३० हजार १ सय २५ रुपैयां, रांगो मुढ बिक्रि १७ बाट १० हजार ८ सय ८५ रुपैयां, चामल बिक्रि २ सय ५१ पाथि १ मानाबाट ३० हजार २ सय २५ रुपैया, कपडा बिक्रिबाट १ हजार ८ सय, तेल बिक्रिबाट १ हजार, सिक्का सटहीबाट १३ हजार, आर्थिक सहयोग ३७ हजार ३ सय ४२ रुपैया जम्मा भएको छ । गत बर्षको बडादसैं ०७२ मा असोज २६ देखि कार्तिक १० गतेसम्ममा जम्मा १४ लाख ८२ हजार १ सय ४४ रुपैया संकलन भएको थियो । बिजया दशमीको अवसरमा असोज १५ गतेदेखि ३० गतेसम्म नवरात्र शुरुसंगै पूर्णिमासम्म कालिका मन्दिरमा स्वदेश तथा भारतीय तिर्थयात्रिहरुको उल्लेख्य उपस्थिती रहेको थियो । यो अवसरमा करिब ६ लाख दर्शनार्थिहरुले कालिका भगवती मन्दिरमा पूजा तथा अवलोकन गरेको अनुमान गरिएको छ । दर्शनार्थिहरुको सुरक्षालाई ध्यानमा राखेर व्यवस्थापन समितिले ८ जना दिवा तथा आवासिय सुरक्षाकर्मि, स्वंयम सेवक तथा थप सुरक्षाकर्मिहरुको सहयोग लिएको थियो । यसै गरी शौचालय, खानेपानी धारा, सिसि क्यामरा, फ्री वाइफाइ आदिको प्रबन्ध पनि मिलाइएको थियो । मन्दिरमा दर्शनार्थीहरुको लाइन पूजा तथा सरसफाई व्यवस्थापनका लागी २२ जना कर्मचारीहरु परिचालन गरिएको थियो । बडादसैं ०७३ को अवसरमा कालिका भगवती मन्दिरमा पूजा पाठ गर्न आउनु हुने सम्पूर्ण भक्तजन एवं दर्शनार्थिहरुको मनोकामना पुरा होस भनी कोजाग्रत पूर्णिमाको सांझ कालिका भगवती गुठी दिप प्रज्वलन गरेको थियो । बडादशैं अवधिभर व्यवस्थापन समितीलाई सहयोग गर्ने सबैलाई गुठीले हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको छ । श्रावण र माघ महिना तथा औसी र एकादशी तिथीमा बलि नचढ्ने कालिका मन्दिरमा दिनहुं भक्तजनहरुको उपस्थिती हुने गर्दछ । खासगरी शनिवार, मंगलबार तथा अष्टमी तिथीमा भक्तजनहरुको भिडभाड रहने गर्दछ । राष्टियस्तरमा नै प्रसिद्ध शक्तिपिठका रुपमा रहेको बागलुङ कालिकामा चैत्राष्टमी तथा बडादशैंमा लाखौं भक्तजनहरुको उपस्थिती रहने गर्दछ । यो समयमा बागलुङ बजारको व्यापार व्यवसायले अत्यान्तै ठुलो प्रभाव पारेको देखिन्छ । बागलुङ कालिका मन्दिरको बृहत्तर बिकास तथा व्यवस्थापनका लागी गुठी व्यवस्थापन समितिले ५ बर्षे योजना तर्जुमा गरी कार्य गरिरहेको छ । १ सय ९० रोपनी क्षेत्रफल रहेको कालिका मन्दिर क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रमा राखेर पर्यटकीय, सामाजिक, सांस्कृतिक एवं प्राकृतिक महत्वलाई जोडेर बिभिन्न योजनाहरु तयार गरेको छ । पछिल्लो समयमा स्वदेश तथा बिदेशमा भएको प्रचार प्रसारले मन्दिरमा दर्शनार्थिहरुको आगमनसंगै आयस्था पनि बढ्दै गएको छ । भक्तजनहरुले चढाएको भेटी तथा सहयोगलाई मन्दिरको विकास र व्यवस्थापनमा पारदर्शिरुपमा हुदैसम्म उपयोग गर्ने नीति व्यवस्थापन समितिले लिएको छ । - यसराजु खड्का/बाग्लुङ

Baglung Baglung Kalika mandir

विशेष