भाषा बिगार्नेको फैसला अब तीन वा पाँच जना न्यायाधीशले गर्ने
कात्तिक १ । सर्वोच्च अदालतले नेपाली वर्षविन्यास परिवर्तन विषय संवैधानिक रहेको भन्दै अग्राधिकारसहित पूर्ण इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीश गोविन्दकुमार उपाधयाय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले आइतबार पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । भाषासम्बन्धी विवाद अब तीन वा पाँच जना न्यायाधीशको पूर्ण इजलासले सुनवाई गर्ने छ । यसअघि भदौ १६ गते सर्वोच्चले कसले र कुन आधारमा भाषा परिवर्तन गरिएको हो, त्यसको लिखित कारण पेस गर्न भनेको थियो । –नागरिक दैनिकबाट