ताजा खबर पर्यटन

खुम्बुक्षेत्रमा पर्यटकको संख्या बढ्यो

खुम्बुक्षेत्रमा पर्यटकको संख्या बढ्यो

kumbu

कात्तिक १ । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्यटकहरुको आगमन बढ्न थालेको छ । अक्टोबरको मध्य सिजन भएकोले पर्यटकको बाक्लो चाप भएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य मनोरम दृश्यहरूको अवलोकन गर्न आउने पर्यटकको आगमन दिनप्रतिदिन बढ्न थालेको हो ।

केही दिनदेखि खुम्बुमा पर्ने सगरमाथा क्षेत्रका पदमार्गमा विदेशी पर्यटकको आवातजावत बढेको छ । हवाईमार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान संख्या दिन प्रतिदिन बढिरहेको नागरिक उड््यन प्राधिकिरण लुक्लाले जनाएको छ ।

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीहरुको व्यस्तता पनि बढेको छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान छ । सोही कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ । केन्द्रले पर्यटकहरुलाई खुम्बु क्षेत्रमा जाँदा पर्यटकहरुले अपनाउनै पर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनुपर्ने कुराहरु, आदि विषयमा पर्यटकहरुलाई जानकारी समेत प्रदान गर्ने काम गर्दछ ।

दैनिक उडान भर्दै आएका सीता, तारा, सिम्रिक र नेपाल एयरलायन्सले दैनिक ३० भन्दा बढि उडान गर्न थालेका छन् । ति जहाजबाट दैनिक करिब तीनसय बढी पर्यटकहरु खुम्बु क्षेत्र प्रवेश गर्न थालेका छन् । पर्यटकहरु अक्टोवर÷नोवेम्वर महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकनका लागि वर्षेनि हजारौंको संख्यामा आउने गरेका छन् । अक्टोबर सिजनसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङबोचे लगायतका ठाउँहरुमा रहेका होटलहरुको व्यवस्थापन गर्न थालिएको छ ।

Khumbu Paryatan

विशेष