अर्थ

३ महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन

३ महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन
कात्तिक १ । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा भन्सार विभागले तोकेको लक्ष्य अनुसारको राजश्व उठाएको छ । rajaswo नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रकुमार हमालले भन्सार विभागले कार्यालयलाई तोकेको लक्ष्य साउन र भदौ महिनामा सजिलै पुरा भए पनि असोजमा भने नेपालीहरुको मुख्य पर्व बडा दसैँको कारण प्रभावित हुन सक्ने बताए । उनले भने, ‘विभागले तोकेको लक्ष हामीले साउन करिव १ सय ५ र भदौमा १ सय ९ प्रतिशत राजश्व उठाउन सफल भएका छाँै । असोजमा भने दसैँका कारण केही प्रभावित हुने हाम्रो आशंका छ ।’ उनले असोजको १८ गतेसम्मको भन्सार राजश्व ७१ प्रतिशत उठाएको जानकारी दिए । प्रमुख भन्सार अधिकृत हमालले भन्सार विभागले कार्यालयलाई साउन महिनामा ३२ करोड ८० लाख ७५ हजार लक्ष दिएकोमा सहजै रुपमा कार्यालयले १ सय ४ दशमलव ७ प्रतिशत राजश्व उठाउन सफल भएको जानकारी दिए । यसैगरी कार्यालयले भदौ महिनामा ४१ करोड ५१ लख ९८ हजार लक्ष पार गर्दै १ सय ९ दशमलभ ४७ प्रतिशत राजश्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई असोजमा ३५ करोड ९२ लाख १ हजार तोकेकोमा असोज १८ सम्म ७१ प्रतिशत मात्र संकलन गर्न सफल भएको छ । विभागको लक्ष पुरा गर्नको लागि बडा दशैको नवमी र दशमीको दिनमा कार्यालय बिदा भएको कारण कारोवार न्यून भएकाले असोज महिनाको लक्ष पुरा गर्नमा चुनौती देखिएको हो । खुला सीमा नाकाको कारण भन्सार चोरी पैठारी समस्याको रुपमा रहेको भए पनि विभिन्न पक्षसंगको सहकार्यमा चोरी निकासीमा कमी हुनेको साथै असोज महिनामा भने नेपालीहरुको महान पर्व बडादशै परेको कारण बिभागले तोकेको राजश्व संकलनमा प्रभावित भएको उनको भनाई छ । नेपालगन्ज नाकाबाट आयात हुने मुख्य सामाग्रीहरुमा मोटर पार्टस, पेट्रोलियम पदार्थ, मोटरसाईकल, मोटर, सिमेन्टको क्लिन्कर, कपडा, मेसिनरी सामान लगायतको रहेका छन् । नाकाबन्दी र बन्द हडतालका बावजुद पनि गत बर्ष नेपालगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेर देशकै उत्कृष्ट भन्सार कार्यालय हुने अवसर पाएको थियो ।

bhansar karyalaya lakshya bhanda badi rajaswo sankalan nepalgunj

विशेष