भएकै चिनियाँ जहाजले निगम टाट पल्टिने बेला भइसक्यो, थप त्यस्तै चार जहाज ल्याउन मन्त्रीको उर्दी
कात्तिक २ । सञ्चालमा रहेका चिनियाँ जहाजका कारण करोडौं घाटा व्यहोरिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका लागि सरकारले थप जहाज खरिद गर्ने भएको छ । सरकारले ४ वटा चिनियाँ जहाज खरिदको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले निगम र नेपाल नागरिक उड्यन प्राधिकरणलाई खरिदको प्रक्रियामा रहेका ४ वटा जहाज ल्याउने विषयमा छलफल गरी निर्णय गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयले यसअघि जहाज खरिद प्रक्रियाको निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । तर मन्त्रिपरिषद अन्तर्गतको समितिले मन्त्रीस्तरीय निर्णय लिन लिखित पत्र पठाएको थियो । कारोबार दैनिकबाट