पर्यटन

मोटरबाटो निर्माण भएपछि आन्तरिक पर्यटक आगमनमा वृद्धि

मोटरबाटो निर्माण भएपछि आन्तरिक पर्यटक आगमनमा वृद्धि
कात्तिक २ । मोटरबाटो निर्माण भएपछि मनाङमा आन्तरिक पर्यटक आगमनमा वृद्धि भएको छ । बिदा मनाउन तथा घुमघाम गर्नका लागि नागरिक मोटरसाइकल तथा अन्य सार्वजनिक सवारी साधन चडेर मनाङ पुग्ने गरेका छन् । सडक बिस्तार भएपछि मनाङ पुगेका पर्यटक सजिलै तिलिचो तालसम्म पुग्ने गरेका छन् । “धेरैजसो आन्तरिक पर्यटक तिलिचो जानका लागि आएका छन्, केही थोरङलासम्म पुग्ने गरेका छन्,” मनाङ पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले भने । आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि मनाङका पर्यटन व्यवसायी उत्साहित भएका छन् । “सडक बनेपछि पैदलयात्री आउँदैनन् की भन्ने सोचेका थियोँ,” उनले भने । विश्व प्रसिद्ध थोराङ पास जाने पर्यटक मनाङमा कम्तीमा दुई दिनसम्म बस्ने गर्दछन् । उनीहरुबाट स्थानीय व्यवसायीले मनग्य आम्दानी गर्ने गरेका छन् । मनाङको मुख्य बाली फापर, आलु हो । मुख्य पेसाका रुपमा उनीहरुले पर्यटन व्यवसायलाई नै राजेका छन् । मनाङका ८० प्रतिशत नागरिक पर्यटन व्यवसायमा लागेको बताइन्छ ।

tourist in manag

विशेष