नेपालमा चिनियाँ पर्यटककाे अागमनमा वृद्धि

कात्तिक - ३ । नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार गत चैत महीनायता २१ हजार १६ चिनियाँ पर्यटक केरुङ हुँदै रसुवागढीबाट नेपाल प्रवेश गरेका हुन् ।
‘दैनिक १ सयभन्दा बढी चिनियाँ पर्यटक नेपाल प्रवेश गर्ने गरेका छन्,’ उनले भने । यस्तै, चिनियाँ सामान आयात गर्न दैनिक सयौँ कण्टेनर रसुवागढी पुगेपछि टिमुरेर स्याँफ्रुबेसीको चहलपहल ह्वात्तै बढेको छ ।
चिनियाँ पर्यटकको आगमनले व्यापार व्यवसाय समेत फष्टाएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
China
Tourist
