अपराध सुरक्षा

गीतकार संघका अध्यक्ष दाहाल ठगीको आरोपमा पक्राउ

गीतकार संघका अध्यक्ष दाहाल ठगीको आरोपमा पक्राउ
कात्तिक – ३ । गीतकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल आफू कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । दसैंअघि उक्त कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । yogendra-mani-dahal गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा फाँट सम्हाल्दै आएका थिए । कम्पनीले उनीमाथि छानबीन अघि बढाउँदा रकम हिनामिना भएको देखिएपछि प्रहरीमा उजुरी गरेको थियो । बालुवाटारस्थित आफ्नै निवासबाट अनुसन्धानका लागि उनलाई पक्राउ गरेको महानगरिय प्रहरी परिसर जानकारी दिएको छ । कम्पनी घाटामा देखिएपछि दुई वर्षअघि नयाँ लेखा प्रणालीमा जान खोज्दा दाहालले निकै विरोध कम्पनीको आरोप छ । गीतकार दाहाल दुई पटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै मायालगायतका गीति संग्रह निकालीसकेका छन् ।

yogendra mani dahal

विशेष