अर्थ

पाँचवटा कृषि परियोजनाले रु ५० लाख अनुदान पाउने

पाँचवटा कृषि परियोजनाले रु ५० लाख अनुदान पाउने
कात्तिक ३ । पाँचवटा कृषि परियोजनाले रु ५० लाख अनुदान पाउने भएका छन् । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले तरकारीखेती र पशुपालन सम्बन्धी दुई-दुईवटा तथा फलफूलखेतीका लागि एउटा परियोजनालाई रु दश-दश लाख अनुदान उपलब्ध गराउन लागेको हो । pact-ad तरकारी खेतीतर्फ भकिम्लीको क्रियटिभ कृषि फार्म, बिमको मालीका एग्रो गु्रप र हिस्तानको दोसल्ले व्यावसायिक सुन्तलाजात फलफूल कृषक समूहसँग अनुदान सम्झौता भएको आयोजनाको सहयोग समूहको कार्यालय पोखराका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिए । यस्तै बाख्रापालनका लागि भुरुङ तातोपानीको रुप्से वृहत्तर कृषि सहकारी र चिज उत्पादनका लागि घारको निलगिरि गाईपालन कृषक समूहसँग सम्झौता भइसकेको छ । कृषकले २५ प्रतिशत लगानी गरेपछि दुई किस्तामा रु दश लाख अनुदान उपलब्ध गराइने व्यवस्था छ । परियोजनाले बागलुङ, पर्वत, म्याग्दी, गुल्मी र गोर्खाका ७५ वटा फार्म, सहकारी र समूहलाई अनुदान उपलब्ध गराउन सम्झौता गरेको छ ।

PACT project for agriculture commercialization and trade

विशेष