अपराध सुरक्षा

रक्सौलबाट ल्याउँदै गरेकाे अवस्थामा एक सय ५९ थान चाँदीका सिक्का बरामद

रक्सौलबाट ल्याउँदै गरेकाे अवस्थामा एक सय ५९ थान चाँदीका सिक्का बरामद
सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म वीरगन्जले भारतबाट लुकाइछिपाइ ल्याइएको अवस्था एक सय ५९ थान चाँदीका सिक्का पक्राउ गरेको छ । पक्राउ परेका मध्ये लक्ष्मी र गणेशको चिह्न अङ्कित भएको चाँदीका सिक्का ९१ थान, विदेशी चाँदीको सिक्का ६८ थान तथा दुई जोर चाँदीका पाउजु रहेका छन् । silver-coins रक्सौलबाट वीरगन्जतर्फ ल्याइरहेको अवस्थामा रजतजयन्ती चोकमा प्रहरीलाई देख्ने बित्तिकै झोला फालेर तस्कर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका सिक्का दुई किलो तौल भएको र त्यसको बजार मूल्य दुई लाख रुपैयाँ रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल सुवेदीले बताए । पक्राउ परेको चाँदीका सिक्का र पाउजु आवश्यक कानुनी कारवाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको नायब प्रहरी उपरीक्षक सुवेदीले बताए । यसैबीच सीमावर्ती भारतीय बजार रक्सौलासँग प्रतिस्पर्धा गर्न वीरगन्जका स्थानीय व्यापारीले मासिक करोडौं रुपैयाँ मूल्य बराबरको कपडा अवैधरुपमा भित्र्याउने गरेका छन् । सीमावर्ती भारतीय बजारको तुलनामा भन्सार महसुल, स्थानीय विकास शुक्ल र मूल्य अभिवृद्धि कर लाग्ने गरेकाले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न कपडाको चोरी पैठारी हुने गरेको वीरगन्जका व्यापारीको भनाइ छ । वैद्य तरिकाबाट कपडा आयात गर्दा सीमावर्ती बजार रकसौलको तुलनामा यहाँ ५० प्रतिशत मूल्य बढी पर्न जाने भएकाले हामीले अवैध तरिकाबाट कपडा ल्याउनुपर्ने हुन्छ आदर्श नगरका एक व्यापारीको भनाइ छ । पर्सा र बारा जिल्लामा खपत हुने कपडामध्ये ५० प्रतिशत कपडा चोरी पैठारीबाट नै आउने गरेको अनुमान सम्बन्ध व्यापारीको छ । हामीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न अवैध आयात गर्ने पर्छ माइस्थानका अर्का व्यापारीले भने ‘नेपाल भारतबीचमा रहेको खुला सीमाका कारण अवैध आयात गर्न त्यति अप्ठेरो परेको छैन ।’ कपडामा २० देखि २५ प्रतिशत क्यारिङ खर्च दिँदा भारतीय बजारबाट सोझै भनेको ठाउँमा पु¥याइ दिने गर्छन् तथा पक्राउ परेको खण्डमा उक्त रकम कपडा ल्याउने तस्करले नै क्षतिपूर्ति ब्यहोर्नु पर्दछ । यति मात्र नभएर भन्सार नै कटाउनु परेमा त्यहाँका कर्मचारीलाई आफ्नो पक्षमा पारेर कम मूल्याकङ्न गरी भन्सार कटाउने गरिन्छ ती व्यापारीले भने । कपडाको भन्सारको मूल्याङ्कन घटबढ हुने भएकाले चोरी पैठारी नियन्त्रण हुन नसकेको हो । कपडामा लगाउने राजस्व घटाउने हो भने कपडाको चोरी पैठारी नियन्त्रण हुने दाबी भन्सार कर्मचारीको छ ।

silver coin

विशेष