अर्थ

नेपाल उद्योग वाणिज्य महासंघका ६ पूर्व अध्यक्षद्वारा विशेष साधारणसभा बहिष्कार

नेपाल उद्योग वाणिज्य महासंघका ६ पूर्व अध्यक्षद्वारा विशेष साधारणसभा बहिष्कार
कात्तिक - ४ । नेपाल उद्योग वाणिज्य महासंघका ६ जना पूर्व अध्यक्षले विशेष साधारणसभा बहिष्कार गरेका छन् । पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पदम ज्योती, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीले विशेष साधारणसभा बहिष्कार गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलाई सम्बोधन गरी पत्र लेख्दै उनीहरुले औपचारिक निमन्त्रणासमेत प्राप्त नभएको भन्दै विशेष साधारणसभामा उपस्थित हुन नसक्ने व्यहोरा अवगत गराएका छन् । पत्रमा विभिन्न माध्यमबाट विधान संशोधन गर्न विशेष साधारणसभा हुन लागेको जानकारी प्राप्त भए पनि विधान संशोधन प्रक्रियामा पूर्वअध्यक्षको हैसियतले व्यक्तिगत र सामूहिक रुपमा राय÷सुझाव लिने र छलफल गर्ने काम नभएको उल्लेख गरिएकाे थियाे ।

नेपाल उद्योग वाणिज्य महासंघ

विशेष