अपराध सुरक्षा

गोहीको छाला र टाउको हड्डीसहित मुन्नालाल पक्राउ

गोहीको छाला र टाउको हड्डीसहित मुन्नालाल पक्राउ
कार्तिक  - ४ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो र अस्थाई प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दिया नगरपालिका ११ लक्ष्मण चाेकबाट गाेहीकाे छाला र टाउकाे हड्डीसहित एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीले बासगढी नगरपालिका–११ माछागढ बस्ने ४९ बर्षीय मुन्नालाल दमाईलाई पक्राउ गरेकाे हाे । प्रहरी टोलीले उनलाई बुधबार बासगढी नगरपालिका–११ लक्ष्मण चोकबाट सिमेन्टको बोराले बेरेर बोकी हिडिरहेको अवस्थामा उक्त गोहीको छाला र टाउकोको हड्डी सहित पक्राउ गरेको हो । प्रहरीले मुन्नालाल दमाईलाई आवश्यक कारवाहीको लागी जिल्ला बन कार्यालय गुलरियामा बुझाएको छ ।

pakrao

विशेष