अपराध सुरक्षा

मापदण्ड बिपरितका चार मेडिकल सिलबन्दी

मापदण्ड बिपरितका चार मेडिकल सिलबन्दी
कात्तिक–४ । गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकाभित्रका चार वटा मेडिकलमा जिल्ला प्रशासन कार्यालय गोरखाले सिलबन्दी गरेको छ ।   गोनपा ३ को दुर्गा आयूर्वेदिक फर्मा, ९ को साकृति हेल्थ क्लिनिक, पानपा ९ बाह्रपिर्केको अमन मेडिकल सेन्टर र वडा नम्बर १० को उपकार प्याथोलोजी एण्ड मेडिकल हलमा सिलबन्दी गरिएको हो । औषधि ब्यवस्था विभागले दुई महिना अघि अनुगमन गर्दा मापदण्ड बिपरित भेटिएकाले बन्दगरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अनिलराज कोइरालाले बताए । सिलबन्दी गर्न जिल्ला प्रशासन, प्रहरी, जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाका कर्मचारी सहभागि थिए ।

Medical medical sill

विशेष