अर्थ

तीनवटा खानी सञ्चालनका लागि खानी विभागद्वारा सिफारिस

तीनवटा खानी सञ्चालनका लागि खानी विभागद्वारा सिफारिस
कात्तिक - ४ । लामो समयदेखि सञ्चालन हुन नसकेका तीन ढुङ्गाखानी सञ्चालनका लागि खानी विभागले सिफारिस गरेको छ । ढुङ्गाखानीले दिएको निवेदनका आधारमा प्राविधिक अध्ययन गरेर विभागले सिफारिस सिफारिस गरे पनि जिल्लामा जिल्लास्तरीय खानी विकास समितिले निर्णय नगरेको योजना अधिकृत रामचन्द्र लाम्गादेले बताए । उनले भने, ‘यताबाट चिठ्ठी आएपछि पनि जिल्लामा निर्णय गर्न बाँकी छ ।’ जिल्लामा एक दशक पहिलेसम्म ५० भन्दा बढी ढुङ्गाखानी सञ्चालनमा थिए । जिल्लामा नवीकरण नभएर र अवधि सकिएर धेरै ढुङ्गाखानी बन्द भए । बाँकी रहेका २२ खानी पनि स्थलगत अध्ययनपछि व्यवस्थापिका–संसद्, प्राकृतिक स्रोतसाधन समितिले बन्द गरेको थियो । समितिले जिविसलाई वैकल्पिक स्थानको खोजी गर्न निर्देशन गरे पनि अहिलेसम्म वैकल्पिक स्थानको खोजी हुन सकेको छैन । ढुङ्गाखानीले वातावरणमा नकारात्मक असर गरेकाले स्थानीयवासी र सञ्चारमाध्यमले आवाज उठाएका थिए । यसबीचमा खानी सञ्चालकले प्रयास गर्दा पनि नवीकरण हुन सकेका थिएनन् । हाल ललितपुरमा नवीकरण भएर वैधानिक रुपमा एउटा मात्रै खानी सञ्चालनमा छ ।

industry तीन खानी

विशेष