अर्थ

वीरगन्ज भन्सारबाट ११ प्रशित बढी राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट ११ प्रशित बढी राजस्व सङ्कलन
कात्तिक - ५ । चालु आर्थिक वर्षको असोजमा वीरगन्ज भन्सार कार्यालयले नौ अर्ब ५१ करोड ६ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ । आव २०७३÷७४ को असोजमा भन्सारले आठ अर्ब ५८ करोड ४१ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । वीरगन्ज नाकाबाट आयात निर्यात सहज हुँदै गएका कारण लक्ष्यभन्दा करिब ११ प्रशित बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । असोजमा सो नाकाबाट दुई पाङ्ग्रे तथा चार पाङ्गे्र बाहनको आयात उल्लेख्य मात्रामा वृद्धी भएको थियो । असोजमा भारत तथा तेस्रो मुलुकबाट दुई अर्ब ५८ करोड २१ लाखको एक हजार दुई सय ६८ थान जिप, कार, भ्यान तथा १३ हजार पाँच सय ७९ थान मोटरसाइकल आयात भएको थियो । आयात गरिएका ती बाहनबाट मात्र चार अर्ब ६४ करोड ७६ लाख २० हजार राजस्व सङ्कलन गरिएको भन्सारले जनाएको छ । बाहनबाट सङ्कलन गरिएको उक्त राजस्व कूल सङ्कलित राजस्वको करिब ४८ प्रतिशत हो ।

Birganj Vansar

विशेष