अर्थ

अलैँची उत्पादक किसान चिन्तित

अलैँची उत्पादक किसान चिन्तित
कात्तिक ५ । अलैँचीको मूल्य लगातार घट्न थालेपछि जिल्लाका किसान र व्यवसायी चिन्तित बनेका छन् । अहिले जिल्लामा अलैँची प्रतिमन रू ५५ हजारमा बिक्री भइरहेको छ । याङ्नामका किसान याम कुरुम्बाङका अनुसार दुई वर्षअघि अलैँची प्रतिमन रू एक लाख २० हजारमा बिक्री भएको थियो । यस वर्ष भदौमा प्रतिमन रू ८० हजारका दरले बिक्री भएको उनको भनाइ छ । ‘व्यापारीले किसानसँग किनेको अलैँची भाउ बढ्ने आशमा गोदाममा थन्क्याएका छन्’, उनले भने । नेपाल अलैँची व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक नेपाल उत्पादनमा वृद्धि तथा गत वर्षको अलैँची मौज्दात रहेका कारण मूल्यमा कमी आएको बताउँछन् । पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटालगायत जिल्लामा उत्पादन हुने अलैँची भारत, पाकिस्तानलगायत मुलुकमा निर्यात गरिँदै आएको छ ।

black cardamom elaichi

विशेष