अपराध सुरक्षा

वैदेशिक रोजगार पठाइदिन्छु भन्दै २ करोड ठगी गर्ने कन्सल्ट्यान्सी संचालक पक्राउ

वैदेशिक रोजगार पठाइदिन्छु भन्दै २ करोड ठगी गर्ने कन्सल्ट्यान्सी संचालक पक्राउ
कात्तिक – ५ । वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै २ करोड १५ लाख भन्दा बढी रकम ठगी गर्ने एक कन्सल्ट्यान्सी संचलाकलाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेको छ । High link Education Consultancy, Job Placement Centers का संचलाक नारायण कुमार खड्कालाई महाशाखाले काभ्रेको बनेपा बाट पक्राउ गरेको हो । उनले तीनकुनेमा कन्सल्ट्यान्सि संचलन गर्दै आएका थिए । कन्सल्ट्यान्सी संचलकले वैदेशिक रोजगारीका लागि रसिया हुँदै पोचुगल पठाउँछु भन्दै प्रलोभन देखाई ५ जनाबाट जनही १० लाख ५० हजार उठाएर दिल्ली र रसियामा पुर्यार अलपत्र पारेका थिए । त्यस्तै मकाउ पठाउँछु भनी तीनजनासँग प्रतिव्यक्ति ४ लाख ५० हजार उठाएर मकाउमा अलपत्र पार्नुका साथै विभिन्न १४ जना व्यक्तिहरु संग प्रती व्यक्ती १४ लाख सम्म असुल गरी पीडितहरु वैंककमा रहेका अलपत्र पारेका थिए । साथै निजले विगतमा पनि ३२ जना भन्दा बढी मानिसहरुसंग ठुलो रकम असुली क्यानडा पठाउछु भनि ठगी गरेको महाशाखाले बताएको छ । पिडित आफन्तले दिएको उजुरीका आधारमा निजलाई अनुसन्धानमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । घटना सम्बन्धमा अन्य पिडितहरु संग समेत सम्पर्क राखी थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।  

High link Education Consultancy Job Placement Centers

विशेष