पल्ला घरको कान्छा : लघुकथा
“पल्ला घरको कान्छा त यस पटक चुनावमा उठेको रहेछ नि !”
“त्यही त भनेको केटो आँटिलो पनि छ गाउँमा पढेलेखेको भनेको पनि त्यही हो । पक्कै पनि उसले गाउँको भलो गर्ला जस्तो छ । यस पटक भोट यसैलाई दिनु पर्छ कि के हो ?”
“के को दिनु पर्छ कि के हो ? पक्कै यसैलाई दिनु पर्छ ।”
गाउँको चौतारामा गाउँले जम्मा भएर पल्ला घरे कान्छाको कुरा गरिरहेका थिए । गाउँलेहरु यस पाला कान्छालाई नै भोट दिने निदो गरे । किनकी उसले गाउँको परिवर्तन गर्न वाचा गर्दै भनेको थियो “हेर्नुहोस म यो गाउँको मुहार फेर्न कम्मर कसेर लाग्ने छु । त्यस पछि तपाईँहरुको दुःखको दिन समाप्त हुने छ ।”
सबैजना उसको भनाई प्रति विश्वस्त थिए । सबैले उसैलाई भोट दिएर जिताए र उ काठमाण्डौ छिर्यो । विस्तारै समय वित्दै गयो । उ गएको केही समय पछि उसका परिवार पनि त्यहाँबाट उतै लागे । ऊ आएन तर यसले काठमाण्डौमा घर किन्यो भन्ने हल्ला आयो । र अन्यमा उसको कार्यकाल समाप्त भयो । यस पटकको चुनावमा पनि उसले त्यही गाउँबाट उमेदद्वारी दियो र भोट माग्न गाउँ फक्र्यो । गाउँमा गाउँले ऊसंग रिसाएर बसेका थिए ।
उसले फकाउँदै भन्यो “हेर्नुहोस् म यो गाउँको भलाई गर्न चहान्छु र फेरी पनि तपाईहरुको साथको आशा गरेको छु ।”
रिसले आगो भएका गाउँले मध्ये एकले रिसाउँदै कराए “तपाई अगाडिको पटकमा पनि यसै भनेर जानु भएको होइन खोइत गाउँको विकास गरेको ?”
कान्छाले मुसुक्क मुस्कुराउदै जवाफ दियो “हर्नुहोस पहिला देश बनाउनलाई घर बलियो बनाउनु परेन त ? अहिले मेरो घर बलियो भएको छ । अब मलाई केहीको पनि जरुरत छैन । यस पटक म केवल तपाईहरुको भलाइको लागी मात्र काम गर्ने छु यो मेरो वाचा हो । यदि तपाईहरुले अरु कुनै नैलो मानिसलाई भोट दिनु भयो भने उसले पनि मैले जस्तै गर्ने छ र गाउँको विकासको काम पनि पछि सर्ने छ ।”
यस पटक पनि गाउँलेहरुले सोच ठिकै होला अब अरुलाई दियो भने यसले जस्तै गर्ला यसैलाई भोट दिनु पर्यो । फेरि उसले भोट जितेर गयो । यस पाला उसले आफना आफन्तलाई विभिन्न राम्रो राम्रो ठाउँमा जागिर लागइदियो । आफना छोराछोरीलाई विदेश पठायो । गाउँबाट उसका आफन्तहरु सबै काठमाण्डै तिर भित्रायो । यस पटक पनि उसले गाउँको लागी भनेर कुनै काम नै गरेन न त गाउँमा नै फर्कर आयो । जसले गर्दा गाउँले निकै रुस्ट भए र उसको प्रतिक्षा गरेर बसे ।
फेरी अको चुनाव आयो । तर यस पटक उ यस गाउँमा आएन । विस्तारै गाइगुइ गाउँमा हल्ला आयो यस पटक उसले यो गाउँ जस्तै अर्को गाउँबाट उमेदद्वारीमा उठेको छ रे । अब उ यो गाउँमा नआउने । गाउँलेको सबै आशा तुहियो । अब राजनीतिक झमेलामा नपर्ने वाचा गरी आफनो आफनो दैनिक कामकाजमा ब्यस्त भए ।
laghukata
palla ghare kanchha