श्रीमानको हत्या आरोपमा श्रीमतीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

कात्तिक - ६ । श्रीमानको हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका— २ की दुर्गादेवी उपाध्याय र मृतकका साला विमल पौडेलविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ।
मृतकको शवको प्रकृति हेर्दा ज्यान जाने गरी मारेको देखिएकाले बिहीबार पक्राउ परेका दुबैजना विरुद्ध शुक्रवार कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बिहीवार ३९ वर्षीय नारायण उपाध्यायकोे मृत्यु भएपछि उनको शव अन्तिम दाहसंस्कारका लागि मोहना नदीघाटमा लगिएको थियो। मृतककोे नाक र कानवाट रगत देखिएको खबर प्रहरीलाई प्राप्त हुनासाथ चितामा राख्न लागिएको शवलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल पुर्याएको थियो।
मोहना नदीघाट लैजाँदा बाटोमा मृतकको नाक र मुखबाट रगत बगेको तथा घाँटीमा निलडाम देखिएपछि मृतकका दाजु जीवलाल उपाध्यायले प्रहरीमा जाहेरी गरेका थिए।
Dhangadi