पर्यटन

रमाइलो यात्रा घलेगाउँको

रमाइलो यात्रा घलेगाउँको
घलेगाउँ समुन्द्र सतहबाट झन्डै २२०० मिटर उचाईमा रहेको छ । लमजुङ्ग हिमालको काखमा रहेको यो गाउमा मन नै लोभ्याउने बिभिन्न किसिमको प्राकृतिक सम्पदा देख्न सकिन्छ । यस गाउँमा मुख्यतः घले समुदाय र केही मात्रामा अन्य जातको बसोबास रहेको छ । यो स्थानमा बिभिन्न रमणयि ठाउँहरु रहेका छन । यहाँ पुराना किसिमका घुमाउने घर, चिया बगान, उत्तरकन्या मन्दिर, देब्रे ताल, बिहान उदाउदै गरेको सुर्यको दृष्य, टल टल टल्कने हिमालका मनोरम दृष्यले मननै लोभ्याउछ । यहा आउने पाउनालाई स्वागत गित फुलमालाले स्वागत गरिन्छ । हरेक पहुनालाई आफ्नो घरमा लगेर परिवर सरह राख्ने र आफुसग भएको मिठो मसिनो खुवाउने चलन यस समाजको अर्को रमाइलो पक्ष हो । [caption id="attachment_34336" align="alignnone" width="960"]ghalegao घलेगाउँबाट देखिएको सुन्दर दृश्य                                                    तस्बिर/ नेत्र पौडेल[/caption]
पहिला मुस्किलले बर्षमा ६० देखि ७० जना मात्र पर्यटक आउने यस ठाउमा अहिले बर्षको हजारौँ स्वदेशि तथा बिदेशि पर्यटक आउने गर्दछन् । यहा १२५ घर धुरि रहेता पनि जम्मा ३५ घरमा मात्र home stay रहेको छ । यस ठाउका हरेक ब्यक्ति मिलनसार छन् र पाहुना तथा पर्यटकलाई देउता सरह मान्ने गर्दछन् । जसले गर्दा एक पटक आएका पर्यटक फेरी अर्को पटक पनि आउन बाध्य हुन्छन् । यस ठाउँलाइ जयलभथ जगलतष्लन नामले पनि चिनीन्छ र यस ठाउँमा हातले बनायका बिभिन्न कलात्मक बस्तु पनि निर्माण गरिन्छ । सुन्दरताले भरिपूर्ण घलेगाउँ गुरुङ जातिको बाक्लो बसोबास रहेको छ । लम्जुङ्ग देखि यस गाउँसम्म जानको लागि कच्चि मोटर बाटो निर्माण गरिएको छ । जुन बाटो भएर जादा करिब ३–४ घण्टा समय लाग्ने गर्दछ भने कतिपय मानिसहरु हिडेर नै ५ घण्टा पुग्ने गर्दछन् । यस ठाउको अच्चमको बिशेषता भनेको त्यहाँ रहेको गरुङ्ग समुदायको संस्कृति, त्यहाँबाट देखिने प्रकृतिक दृष्य, आदि हुन । यो ठाउँ पैदल यात्रा(trekking) को honey hunting लागि प्रसिद्ध मानिन्छ । यस ठाउँमा बि.स. २०१६ सालदेखि मानिसको बस्ती बस्न सुरु भएको मानिन्छ । लम्जुङ्ग हिमाल, माछापुच्रे हिमाल, अन्नपुर्ण हिमाल, हिम्चुली, मन्सालु र अन्य हिमालहरुको सुन्दर दृष्यले त छन सुनमा सुगन्ध थपिदिएको छ । यहा आइसके पछि हामी सबैलाई साच्चिकैको गाउँ भनेको कस्तो हुन्छ भने अनुभव गर्न मौका मिल्छ । यहाँको संस्कृति, कला र गाउँलेहरुको ब्यवाहरले झनै यहाँ रमाउने उत्प्रेरणा जगाइदिन्छ । हातेको प्रयोग गरेर बनाएका बिभिन्न सामानहरु पनि निर्माण गरिदो रहेछ यस्ता खालका हातबाट बनेका सामानहरु आन्तरीक तथा बाह्य पर्यटकहरुले अत्यन्तै मन पराउने गरेको कुरा यस गाउँका बासिन्दाहरुले बताए । जुन परम्परागत तरिकाले यस गाउका मानिसहरुले बनाउदै आएका छन् । यस गाउँमा आउने पर्यटक सबैलाई गाउँका सबैजना ब्यक्ति मिलेर स्वागत सत्कार गर्न गर्दछन् । यस गाउँको स्थानी भाषाका बिभिन्न किसिमका सोलोक(गीत) गाउदै स्वागत गरिन्छ । यस किसिमको नाच र गीतलाई यालामी भनिन्छ । यो गुरुङ्ग समुदायको पाहुनालाई स्वागत गर्ने नाच हो । त्यस पछि गाउँमा कसको कसको घरमा पर्यटकहरु मध्ये कसलाई राख्ने भनेर छलफल गरी तोकिएको घरमा पर्यटकलाई लगेर राखिन्छ । गाउँमा नै उब्जेको खाद्यान्यबाट स्थानीय परिकार बनाएर खुवाइन्छ । यसले गर्दा आउने सबै पर्यटक खुसी हुने गरेको गाउँ बासि बताउँछन् । पर्यटक खुसि भएको देख्दा यस गाउँका मानिस पनि असाधै खुसी भएको भाव अनिहरुको अनुहार तथा वर्णनबाट सोझै थाहा हुन आउथ्यो । [caption id="attachment_34337" align="alignnone" width="960"]ghalgao घलेगाउँको सुन्दर दृश्य                                                तस्बिर /नेत्र पौडेल[/caption]
यस गाउँको मुख्य आयस्रोत home stay बनेको छ । प्रायः त्यहाँका मानिसहरु पर्यटकलाई स्वागत र सत्कारमा जुटिरहेको देखिन्छ । परम्परागत तरिकाले बनेका यस गाउँका घरहरुले यस गाउँलाई सुनमा सुगन्द थपिदिएको छ । शान्त र सुन्दर रहेको यो गाउँमा त्यस्तै मिलनसार आत्मिय ब्याहर यस गाउका मानिसको पनि रहेको छ । यस गाउँको छेउमा रहेको चिया बगानबाट यस गाउँलाई चाहिने चिया उत्पादन गरिन्छ । जम्मा ५४ रोपनिमा बिभिन्न जातका चियाका बिरुवा लगाएको छ । उत्तर कन्या मन्दिर गाउँको नजिकै रहेको छ । यस अगाडी रहेको एउटा साना खोलो उत्तर भएर बग्ने भएकोले यसलाई उत्तरकन्या भनिएको बताइन्छ । गाउमा आपत बिपत बर्दा यही मन्दिरको नाम याद ग¥यो भने कष्ठ दुर हुन्छ भन्ने मान्यता रहेको छ । त्यस्तै यस गाउमा एउटा सुन्दर पोखरी रहेको छ । यस पोखरीको नाम देब्रे पोखरी हो, किनकी यो गाउबाट देब्र पट्टि रहेको छ त्यसैले यसलाई देब्रे पोखरी भन्दै आएको कुरा यस अध्ययनका क्रममा गाउलेहरुले बताएका थिए । पर्यटकलाई मनोरञ्जन दिनको लागि पौराणीक घाटु नाँच नाच्ने कुरा यस गाउँका अगुवाहरु बताउछन् । यस नाँच नाच्नुको प्रमुख उद्देश्य भनेको हिमचुली वर्चली देउतालाई पूजा गर्नको लागि गरिन्छ । घाटु नाच दुई प्रकारको रहेको छ । एउटा बाह्रमासे र सति । बाह्रमासे घाटु नाच बाह्रै महिना नाचिन्छ भने सति नाच मागको श्री पञ्चमी देखि चंण्डी पुर्णीमासम्म मनाइन्छ । चण्डी पुर्णिमाको दिन यसलाई सेलाउने कार्य गरिन्छ । सेलाउदाको दिनमा एउटा निश्चित ठाउँलाई गाईको गोबरले लिपेर दूधको धारा दिएर अन्त्य गरिन्छ । यस गाउँका मानिसहरुले कृष्ण चलित्र नाच नाच्ने गरेका छन यो आयतित संस्कृति हो । यो नाँच भारतबाट भित्रिएको मानिन्छ । भारतको सेनामा भर्ना भएका सेनाहरुले यसलाई यहाँ भित्र्याएकाे मानिन्छ । सुन्दर घलेगाउको जति बयान गरे पनि कमै हुन्छ । हिमालयको काखमा रेहको यो सुन्दर गाउ स्वर्ग जस्तै छ । शहरको धुलो धुवामा कोहोलालमा बसे मानिसलाई त्यहाँ पुगेपछि घर फर्कने मन नै हुदैन । गाउँलेको आत्मीय ब्यवाहरले त झन यस गाउँलाई छोड्न नै मन लाग्दैन । नेपाल प्रकृतिक सम्पदाले भरिपूर्ण देश हो । यहाँ फरक फरक किसिमको वातावरण देख्न सकिन्छ । हरिया पाखा–पखेरा, डाडा–काडा, छहरा, पहाड–पर्वत बिभिन्न किसिमका प्रकृतिक सम्पदा रहेका छन् । यस्ता दृष्य हेर्नका लागि बर्षमा लाखौं पर्यटक आउने गर्दछन । यस्तैमा घलेगाउँ पनि यस्ता पर्यटकलाई भित्र्याउन एउटा महत्वपूर्ण स्थान हो । यहा रहेका मनोरम दृष्य हेर्न र हिमालको काखमा रमाउन हजारौ पर्यटक आउने गर्दछन् । हाम्रो कला संस्कृति, परम्पराहरु अन्ने देशका मानिसहरुले हेर्ने अध्ययन अनुसन्धान गर्ने मौका पाएका छन । यस गाउँको मात्र होइन हाम्रो देशमा भएका अन्ने गाउँ समुदायका पनि कला, संस्कृतिलाई जोगाउन तथा प्रचार प्रसार गर्न गाउँका गाउँ बासि नै लाग्नु पर्दछ, तब मात्र रोजगार खोजन बिदेशी यस ठाउँमा आउने छन ।

विशेष