सन्देशमूलक नारा बनाउनेलाई राजस्व विभागकाे १५ हजार पुरस्कार
कात्तिक ७ । आन्तरिक राजस्व विभागले आगामी मंसिर १ गते मनाउन गइरहेको पाँचौ राष्ट्रिय कर दिवसको सन्दर्भमा मूल नारा छनौटको लागि सार्वजनिक रुपमा आव्हान गरेको छ ।
नारा नेपाली भाषामा कर जागरण ल्याउने किसिमको सन्देशमूलक संक्षिप्त र भावयुक्त, सरल तथा अर्थयुक्त हुनुपर्ने विभागले जनाएको छ ।
आन्तरिक राजस्व विभागले कात्तिक १८ गतेसम्म विभागमा प्राप्त भएका नारामध्ये उत्कृष्ट ठहरिएको एक नारालाई पाँचौ राष्ट्रिय कर दिवसको अवसरमा मंसिर १ गते आयोजित विशेष कार्यक्रममा १५ हजार रुपैया पुरस्कार प्रदान गर्ने जनाएको छ ।
antarik rajaswo bubhag