कार्कीको दबाबमा बाहिरियो ८ अर्ब ८० करोड

कात्तिक ८ । संसदीय समितिको निर्देशन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन विपरित दुई साताअघि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको लाभांश रकम विदेश लैजान दिएको खुलासा भएको छ।
स्वीकृति नलिई कम्पनीमा लगानी थप गरेका कारण चार वर्षदेखि रोकिएको ८ अर्ब ८० करोड रूपैयाँ राष्ट्र बैंको एकलौटी निर्णयबाट विदेश लैजान दिइएको हो। उक्त रकम वेष्ट इन्डिजमा दर्ता रहेको ‘रेनहोल्ड होल्डिङ’ कम्पनीमा ट्रान्सफर भइसकेको राष्ट्र बैंक स्रोतले बतायो।
कार्कीको निरन्तर दबाबपछि राष्ट्र बैंकका गभर्नर चिरञ्जीबी नेपालले दसैं विदा सकिएको भोलिपल्टै असोज २७ गते उक्त रकम विदेश लैजान दिने निर्णय गरेको छ ।
कान्तिपुर
Lokman Sing Karki