अर्थ समाज

रहेनन् अलैंचीका पिता, यस्तो छ उनको इतिहास

रहेनन् अलैंचीका पिता, यस्तो छ उनको इतिहास

alaichi

कात्तिक ८ । खोरिया फाँडेर व्यावसायिक रुपमा अलैंची, फलफुल, चिया, तरकारी खेती र माछा पालन गरेको निहुँमा राणा शासनकालमा राजकाज मुद्दा खेपेका खोटाङका पर्खनबहादुर राईको शनिबार निधन भएको छ ।

परम्परागत कृषि प्रणालीलाई परिमार्जन गर्दै जिल्लामा आधुनिक र व्यावसायिक खेती सुरु गरेका बाँझेच्यानडाँडा–९ मबु, डाँडाखर्कका राईको ९१ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

जिल्लामै पहिलोपल्ट अलैंची, चिया, विभिन्न प्रजातिका फूलखेती तथा माछा पालन गरेर उनले सफल किसानको परिचय बनाए । नयाँ पद्धतिबाट खेती सुरु गरेकै कारण राणा शासनका बेला राजकाज मुद्दा खेपेका उनले २०६३ सालमा ‘अलैंचीका पिता’ सम्मान पाए ।

राणाकालमा नयाँ शैलीबाट खेती सुरु गरेको आरोपमा राईलाई मुद्दा खेप्न भोजपुर गोस्वारा अड्डा पुर्‍याइएको थियो । परम्परागत खेती छाडेर आधुनिक खेती सुरु गरेकोमा ‘पर्खनबहादुर राजा हुन् कि रैती रु’ भन्ने प्रश्न उठाउँदै तीन मुद्दा परेका थिए ।

राईमाथि १९९५ सालमा खोटाङमा पहिलोपल्ट अलैंची रोपेकोमा, १९९७ सालमा चिया रोपेकोमा र १९९९ सालमा पोखरी खनेर माछा पालन गरेकोमा मुद्दा परेको थियो ।

Parkhan Bahadur Rai

विशेष