अर्थ

हुलाकी राजमार्ग ७० वर्षमा पनि बनेन, मधेसी–मधेसीभन्दै उफ्रिने दलले यसलाई कहिले मुद्धा बनाएनन्

हुलाकी राजमार्ग ७० वर्षमा पनि बनेन, मधेसी–मधेसीभन्दै उफ्रिने दलले यसलाई कहिले मुद्धा बनाएनन्

hulaki-rajmargकात्तिक ८ । तराई–मधेसको लाइफ–लाइन मानिएको हुलाकी राजमार्ग निर्माण शरु भएको ७० वर्ष पूरा हुँदासमेत सम्पन्न भएको छैन । यो आयोजना छिट्टै सम्पन्न हुने कुनै सम्भावनासमेत छैन । अहिलेसम्म आयोजनाको १५ प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

सम्भवतः देशकै सबैभन्दा पुरानो यो आयोजनाको कुल लागत हालको बजारअनुसार ५० अर्ब रुपैयाँ अनुमान छ । आयोजना निर्माण थालनी भएपछि अहिलेसम्म भारतको दुई र नेपालको पाँच गरी जम्मा ७ अर्ब खर्च भएको हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रले जानकारी दिए । त्यस्तौ हाल १३ अर्ब रुपैयाँको काम भइरहेको छ । –नयाँ पत्रिकाबाट

विशेष