अब ग्यासमा सरकारले अनुदान नदिने, स्वचालित मूल्य लागू हुने
कात्तिक ८ । दुई वर्षअघि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा स्वचालित मूल्य प्रणाली लागु गरेको सरकारले अब खाना पकाउने एलपी ग्यासमा पनि लागू गर्ने भएको छ ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादर खड्काका अनुसार खाना पकाउने एलपी ग्यासमा तिहारलगत्तै स्वचालित मूल्य लागू गर्ने तयारीमा जुटेका छौं, –प्रबन्ध निर्देशक खड्काले भने, ‘अब बस्ने बोर्ड बैठकबाट निर्णय पारित गराउँछु ।’ बोर्डबाट स्वीकृत भएपछि प्रणाली कार्यान्वयन गरिने निगमले जनाएको छ । कान्तिपुर दैनिकबाट