अपराध सुरक्षा प्रवास

नेपाली भएर नेपालीलाई ठग्ने दलालहरुको यो समूहबाट बर्बाद भएका एक युवाको कारुणिक कहानी

नेपाली भएर नेपालीलाई ठग्ने दलालहरुको यो समूहबाट बर्बाद भएका एक युवाको कारुणिक कहानी

 

काठमाडौं ।  ‘भिजिट भिसामा जादा काम गर्न गाहे हुन्छ भन्ने थाहा थियो । तर ,आफ्नै नजिकको मान्छेले फसाउँछ भन्ने विस्वास थिएन । आफ्नै मान्छेले काम राम्रो मिल्छ भनेर इस्टर्न ट्राभल्स सञ्चालन गरेर बसेका दलाल दीपक कार्कीकोमा पुर्‍यायो । दीपकले लाखौ कमाइ हुन्छ भन्ने सपना देखाए । अहिले आएर थाहा भयो त्यो ट्राभल्स एजेन्सी अबैध रुपमा सञ्चालन भएको रहेछ । ’ करणले (नाम परिवर्तन) भने ‘ विदेश जानै पर्ने अवस्था थियो ।

राम्रो कमाई हुन्छ भने दुवइ नै किन नजाने भन्ने सोच आयो । त्यसको लागि २ लाख १० हजार शुरुमै र १ लाख दुवइमा गएर काम पाएपछि बुझाउने सर्त थियो । आफुसँंग पैसा थिएन । धेरै पैसा कमाउने सपनाले त्यो रकम चर्को ब्याजमा लिएर दीपकलाई बुझाएँ । ’ करणले आफु फस्नु अघिको कथा सुनाए ।

दुवइमा करण दीपकको एजेन्ट जीवन दासको रुममा पुगे । त्यहा एउटा रुममा धेरै नेपाली युवाहरु बसेका थिए । उनीहरु वर्किङ भिसामा दीपकको ट्राभल्सबाट नै गएर बिचल्ली परेर बसेका रहेछन । काम लगाइदिने दीपकको एजेन्ट जीवनदासले काम लगाउन सकेको रहेनछ । करण त्यो रुममा बस्न सकेनन । उनी त्यहाबाट निक्लेर आफ्नो आफन्तकोमा गएर बस्न थाले ।

त्यसपछि करण कामको लागि दीपकको दलाललाइ सम्पर्क बढाउन थाले । तर, उनी यता र उता धाउदा थाकिसकेका थिए काम मिल्ने छाटकाट थिएन । दलाललले काम लगाईदिन्छु भनेर १ हजार दिराम लिएको थियो । तर, काम लगाउने आश्वाशन बाहेक केही मिल्दैनथ्यो । दुवईको नयाँ ठाउ केही गर्न सक्ने अवस्था थिएन । एकदुई वटा कम्पनीमा अन्र्तवार्ता दिएपनि त्यो सबै कम्पनी फेक रहेछ । काम कतै पाएनन् । काम पाउने आशले दिएको १ हजार दिराम पनि फिर्ता पाउने अवस्था रहेन ।

त्यसपछि करणलाइ दुबइमा रहेको छोटे दलालले अर्को दलाल पुष्पराज न्यौपानेकोमा पुर्‍यायो । पुष्पराज न्यौपानेले हजारौ नेपालीहरुलाई राम्रो काम लगाएदिएको गफ दियो । नेपाली ६० हजार रुपैया दिए राम्रो काम लगाईदिने आश्वाशन दिन पछि परेनन् । करणलाइ विश्वास लागेको थिएन । तर, काम गर्न दुवइमा पुगेको मान्छे फर्कदा आफ्नो लगानी डुब्ने डरले उनले एकचोटी फेरि जोखिम मोले । नेपालबाट ६० हजार मगाएर पुुष्पराजलाइ काम पाउने आशमा सुम्पिए । तर, पुष्पराजले पनि काममा लगाइदिएन । अनी केही सिप नलागेर उनी भिसाको डेट सकिन लागेपछि ८५ दिनमा नेपाल फर्किए ।

pusparaj-neupane-passport-nepalaaja

पुष्पराज पछि पनि करणको सम्पर्कमा धेरै दलालहरु आए । पैसा दिए काम मिलाईदिन्छु भन्ने आश्वाशन दिए । करण भन्छन‘ अनी त्यतीबेला थाहा भयो म त दलालको दलदलमा फसेको रहेछु । गाडी चड्नेदेखि दुवईमा घर भएका दलालहरु नेपाली भएर नेपालीलाई नै लुट्दा  रहेछन । पैसा डुबे पनि बल्ल तल्ल ज्यान जोगाएर आइयो । ’

यति भनीसक्दा निन्याउरो मुख लगाएर बसेको उनको अनुहार झन् कालो भयो । अनुहारमा दुबइ जानुको पश्चाताप स्पष्ट थियो । त्यो भन्दा बढी चर्को ब्याजमा खोजेको ५ लाख पैसा डुब्नुको पीडाले उनको अनुहारको चमक उडिसकेको थियो । नेपालमा २ लाख १० हजार बुझाएपनि उनले दलालहरुलाई दिँदा दिँदै ५ लाख भन्दा बढी पैसा डुबाईसकेका थिए ।

काठमाडौंको सिनामंगलमा रहेको इस्टर्न ट्राभल्स एण्ड टुर्सले भिजिट भिसामा कामदार पठाएको तथ्य नेपाल आजले प्रकाशित गरेको थियो । नेपाल आजको स्टिङ अपरेशनको क्रममा इस्टर्न ट्राभल्सको मानव तस्करीको कालो धन्दाको पर्दाफास भएको हो । उक्त स्टिङ अपरेशनपछि दीपकको जालोबाट दुबइ पुगेर फर्केका कामदारहरुले दुबई पुग्ने बाटो बारेमा नेपाल आजलाई बताएका छन् ।

दुबइमा रहेका कमदारहरुको भनाइले पनि स्पष्ट पार्छ दुबईमा दलालबाट जाने कामदारहरुको अवस्था सहज छैन । उनीहरको एउटै भनाइ छ ‘राम्रो काम लगाइन्छिु भनेर दुबई ल्यायो । तर, अहिले बिजोक बनायो । नत राम्रो काम पाइयो नत भिसा भनेजस्तो गरि वर्किङ नै बनायो ।’

इस्टर्न ट्राभल्स बैधानिक रुपमा दर्ता छैन । यसको सञ्चालक दीपक कार्कीले अबैधानिक कम्पनीबाट अबैधानिक धन्दा गरिरहेको छन । वर्षेनी हजारौ नेपाली युवालाइ दुबइमा अलपत्र पारिरहेका छन । यसको प्रमाण दुबईमा काम नपाएर फर्केका करण हुन । यो भन्दा अघि दुवइ पुगेर फर्केका रमेशले पनि नेपाल आजलाई दिपकसंग ठगिएको बयान दिएका थिए । उनका अनुसार दुबईमा दलालको चङगुलमा फसेर अलपत्र परेका नेपाली हजारौ छन । यसको बारेमा उनले नेपालआजसंग कुराकानी गरेका छन ।

रमेशजस्तै करण पनि उस्तै पक्रिया अपनाएर दुवई पुगेका थिए । दुवई पुग्ने पक्रिया र उनीहरु एउटै व्यक्तिसंग ठगिएका थिए ।


र यो पनि,

► रोजगारीका लागि दुबई जाँदै हुनुहुन्छ ? कम्तिमा यी दलालबाट चाहिँ जोगिनुहोला ! (नेपाल आजको स्टिङ अपरेसन)

► दलालको चंगुलमा फसेर दुबई पुगेका युवाहरुको बिचल्ली, यातना सहेर बस्न बाध्य

► पीडितले उजुरी लिएर आउन्, दीपक भन्ने दलाललाई कारबाही गर्छौं –प्रहरी


https://youtu.be/LEu4hxNaWBI

dalal 4 dipak karki jiban das puspa raj neupane Smita Thapa

विशेष